― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsआइतबार दोस्रो ‘विश्व ध्यान दिवस’ मनाइँदै – KhabarHost

आइतबार दोस्रो ‘विश्व ध्यान दिवस’ मनाइँदै – KhabarHost


राष्ट्रिय

समाचार.

  • संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको छ।
  • आइतबार काठमाडौंको टुँडिखेलमा सरकारकै आयोजनामा विश्व ध्यान दिवस भव्य रूपमा मनाइनेछ।
  • स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ध्यानको राजधानी बनाउनुपर्ने र ध्यानले समाजमा शान्ति स्थापना गर्न मद्दत गर्ने बताए।

४ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिने भएको छ ।

दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा बोधिसत्त्व स्वामी आनन्द अरुणले दोस्रो विश्व ध्यान दिवस मनाउन लागेको बताए ।

गत वर्षको डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । ]

सोही वर्ष पहिलो पटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको स्वामी आनन्द अरुणले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

११ वर्षको निरन्तर प्रयासपछि राष्ट्र संघले ध्यान दिवसलाई मान्यता दिएको बताए । ‘सन् २०१४ देखि नै हामीले यो प्रस्ताव अघि बढाएका थियौँ । गत वर्ष डिसेम्बर ७ मा राष्ट्र संघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि यो सपना पूरा भयो । यो नेपाल र नेपालीका लागि गर्वको विषय हो,’ उनले भने ।

ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग ‘ध्यानको राजधानी’ बन्ने प्रचुर सम्भावना रहेको बताए । ‘अहिले मुस्लिम देशहरूले समेत ध्यानलाई धर्म नभएर विज्ञानका रूपमा स्वीकारिसकेका छन् ।

तपोवनमा मात्रै ११० भन्दा बढी देशका साधकहरू आइसकेका छन्। अब राज्यले नै अपनत्व लिएर नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ,’ उनले भने ।

हाल नेपालमा ओशो तपोवनका ९० वटा सेन्टर सञ्चालनमा छन् भने अमेरिका, अष्ट्रेलिया, रुस लगायतका देशमा पनि शाखाहरू विस्तार भइसकेका छन्।

कार्यक्रममा स्वामी आनन्द अरुणले देशको समसामयिक परिस्थिति र पछिल्लो समय भएको ‘जेनजी’ आन्दोलनप्रति पनि आफ्नो धारणा राखे। देशमा व्याप्त राजनीतिक अस्थिरता र नेतृत्व वर्गको अदूरदर्शिताका कारण युवा पुस्तामा असन्तुष्टि बढेको उनको विश्लेषण छ।

‘प्राकृतिक स्रोतसाधनले हामी धनी छौं, तर सुनखानीमा बसेर भिख मागिरहेका छौं,’ उनले टिप्पणी गर्दै भने, ‘प्रभुत्व वर्गले विचार नपुर्याउँदा देशमा अशान्ति छ। ध्यानले नकारात्मक ऊर्जा हटाएर समाजमा शान्ति स्थापना गर्न मद्दत गर्छ।’

उनले आइतबार टुँडिखेलमा हुने विश्व ध्यान दिवसको कार्यक्रममा सहभागी भएर ऐक्यबद्धता जनाउन र ध्यानको लाभ लिन सबैलाई आग्रह समेत गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More