― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsमधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत



४ पुस, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई  सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् ।

सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख‍ प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन् ।

उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन् ।

नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धन घटक जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए ।

यस्तै प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए ।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले गत मंसिर २१ गते पद तथा गोपनियताका शपथ लिएका थिए । उनले सोहीले दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।

गत मंसिर २९ गते उनले पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराएका थिए । अहिले उनको मन्त्रिमण्डल उनी लगायत ६ सदस्य छन् । ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ । विश्वासको पाएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनमा भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।

१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।

यसअघि दोस्रो कार्यकालकै तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले २९ जेठ २०८० मा समेत सिङ्गो सदनको विश्वासको मत पाएका थिए ।

सर्वोच्चको परमादेश पश्चात् संविधानको धारा १६८ को ३ बमोजिम बनेको एमालेका मुख्यमन्त्री सरोज कुमार यादवले गत मङ्सिर १७ गते विश्वासको मत लिन बोलाएको सदनमा मत नपाउने देखेपछि राजीनामा दिएका थिए ।

त्यसअघि गत असोज २९ गते छौतरीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका लोसपाका नेता जितेन्द्र सोनलले गत कात्तिक २२ गते सदनमा विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका थिए ।

त्यसअघि गत असोज २८ गते विश्वासको मत नपाउने देखेपछि जनमतबाट मुख्यमन्त्री रहेका सतीशकुमार सिंहले राजीनामा दिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More