― Advertisement ―

HomeLatest newsअलिक श्रेष्ठको गोलमा मछिन्द्रको विजयी सुरुवात – KhabarHost

अलिक श्रेष्ठको गोलमा मछिन्द्रको विजयी सुरुवात – KhabarHost


राष्ट्रिय

समाचार.

  • मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा अलिक श्रेष्ठको ६३औं मिनेटको निर्णायक गोलले न्युरोड टिमलाई १-० ले पराजित गरी विजयी सुरुवात गरेको छ।
  • दशरथ रंगशाला, त्रिपुरेश्वरमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो र दोस्रो हाफमा मछिन्द्रले अग्रता कायम राखेको थियो।
  • एनआरटीले खेलमा फर्कने अवसर पाए पनि फिनिसिङ चुस्त नभएपछि मछिन्द्रले सुरुवाती ३ अंक जोडेको छ।

२ माघ, काठमाडौं । अलिक श्रेष्ठले गरेको एक मात्र निर्णायक गोल मद्दतमा मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमा शुक्रबार भएको एक मात्र खेलमा मछिन्द्रले न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि मछिन्द्रका लागि अलिक श्रेष्ठले दोस्रो हाफको ६३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यही अग्रता कायम राख्दै मछिन्द्रले सुरुवाती ३ अंक जोडेको हो । एनआरटीले पनि खेलमा फर्कने अवसर पाएपनि फिनिसिङ चुस्त रहन सकेन ।

राष्ट्रिय लिगमा शनिबार ३ खेल हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे चित्लाङ एफसी र नव जनजागृति युवा क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै दोस्रो खेल त्रिभुवन आर्मी क्लब र मनाङ रम्स्याङ्दी बीच दिउँसो २ बजे दशरथ रंगशालमा हुनेछ । यसैगरी तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच साँझ साढे ६ बजे दशरथ रंगशालामै हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More