― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsअमेरिकाले फेरि कब्जा गर्‍यो भेनेजुएलाको तेल ट्यांकर

अमेरिकाले फेरि कब्जा गर्‍यो भेनेजुएलाको तेल ट्यांकर



६ पुस, काठमाडौं । अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ ।

अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो ।

यसैक्रममा अमेरिकाले तेल बोकेको भेनेजुएलाको ट्यांकर कब्जा गरेको हो । युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले त्यसको पुष्टि गरेको छ ।

होमल्याण्ड सिक्योरिटी डिपार्टमेन्ट सेक्रेटरी क्रिस्टी नोएमले तेल ट्यांकर कब्जामा लिएको भिडियो एक्समा सेयर गर्दै लेखेकी छन्, ‘ २० डिसेम्बरको बिहान एक एक्सनमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ वारको मद्दतमा एक तेल ट्यांकर कब्जामा लियो, जुन भेनेजुएलाबाट छुटेको थियो ।’

अपरेसनको सात मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा उत्रिएको देखिन्छ । त्यसको साइडमा सेन्चुरीज लेखिएको छ ।

नोएमले अमेरिकाले यस क्षेत्रमा नार्को टेररिज्म फन्डका लागि प्रयोग गरिने तेलको गैरकानुनी आउजाउ रोक्ने काम जारी राख्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘हामी तिमीलाई खोज्नेछौं र रोक्नेछौं ।’

भेनेजुएलाले तेलबाट हुने कमाइ नशालु पदार्थको कारोबार र आतंकवादसँग सम्बन्धित गतिविधिमा प्रयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । भेनेजुएला सरकारले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेनुएलाको तेल कारोबारमा नाकाबन्दी लगाउने अभिव्यक्ति दिएलगत्तै तेल ट्यांकर कब्जाका कारबाही हुँदै आएका छन् ।

अमेरिका र भेनेजुएलाबीचको यो तनावले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने भनेर कतिपपयले चिन्ता व्यक्त गर्दै आएका छन् ।





Read More