― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsअधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग – KhabarHost

अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग – KhabarHost


राष्ट्रिय

समाचार.

  • विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मुद्दामा निलम्बित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ।
  • विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको छ।

२३ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी मागेको छ ।

भक्तपुरको नलिञ्चोकको हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई विशेषले पोखरा विमानस्थलको मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, हेलिपोर्टको मुद्दाले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका अधिकारी यो आदेशले भने रिहा हुने छैनन् ।

विशेषले पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामै नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग गरेको छ ।

विशेषका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्न आदेश भएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी राखेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More