― Advertisement ―

नयाँ डेटाले वास्तविक कार्यस्थलको निर्णय लिने क्रममा शुद्धता पिट्ने गति देखाउँदा उच्च कमाउनेहरूले चुपचाप एआई प्रयोगलाई सुस्त बनाउँछन्

शीर्ष कमाउनेहरूले AI काट्ने निर्णय गर्नु अघि उपकरणहरू प्रयोग गर्न नदिने पूर्वनिर्धारित गर्नुहोस्। विचारहरूकार्यकारीहरूले अब एआई कार्यप्रवाहहरूमा गतिमा शुद्धता र त्रुटि रोकथामलाई प्राथमिकता दिन्छन्मध्य-स्तरका...
HomeLatest newsबसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन


राष्ट्रिय

समाचार.

  • काठमाडौंको टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिकै शनिबार दिउँसो तेस्रो लिंगीको शव भेटिएको छ।
  • शव सनाखत हुन नसक्दा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।
  • शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ र हत्या भएको निष्कर्ष निकालिएको छ।

७ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।

शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो

संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ ।

उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More