― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest news‘द फेमिली म्यान’ को तेस्रो श्रृंखलामा सुनिल थापाको भूमिका कस्तो छ ?

‘द फेमिली म्यान’ को तेस्रो श्रृंखलामा सुनिल थापाको भूमिका कस्तो छ ?


राष्ट्रिय

समाचार.

  • बलिउड अभिनेता मनोज बाजपेयीको मुख्य भूमिका रहेको ‘द फेमिली म्यान’ को तेस्रो सिजन अमेजन प्राइम भिडियोमा रिलिज भएको छ।
  • नेपाली अभिनेता सुनिल थापाले नयाँ सिजनमा नागाल्याण्डका एमसीए प्रमुख डेभिड खुजोउको भूमिका निर्वाह गरेका छन्।
  • मनोज बाजपेयीले चौंथो सिजन पनि आउने घोषणा गर्दै भने, ‘सबै कुराको जवाफ चौंथो सिजनमा मिल्नेछ।’

मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको शीर्ष भूमिका रहेको श्रृंखला ‘द फेमिली म्यान’ को तेस्रो श्रृंखला अन्ततः अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । प्रशंसकले यो सिरिजलाई ३ वर्षदेखि प्रतीक्षा गरिरहेका थिए ।

रिलिज भएपछि फ्यानले सामाजिक सञ्जालमा यसको प्रशंसामा टिप्पणी गरिरहेका छन् ।

नयाँ श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा पनि देखिएका छन् । यसमा थापाले एक सम्मानित स्थानीय नेता र नागाल्याण्डका एमसीए प्रमुख डेभिड खुजोउको महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

खुजोउ भारतको उत्तरपूर्वी राज्यहरूमा विकास र शान्तिको उद्देश्यले सरकारको नयाँ पहल “प्रोजेक्ट सहकार“ का एक प्रमुख व्यक्तित्व हुन् । श्रीकांत तिवारी (मनोज बाजपेयी) र एनआईएले स्थानीय विद्रोही समूहको गतिविधि र सीमामा चिनियाँ हस्तक्षेपको बीचमा यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न उनको सहयोग खोज्छन् ।

यद्यपि उनको स्क्रिन टाइम सीमित रूपमा उल्लेख गरिएको छ । थापाको चरित्र नयाँ सिजनको मुख्य भूराजनीतिक कथाको केन्द्रबिन्दु हो र कथानकमा एक प्रमुख मोडको रूपमा काम गर्दछ ।

‘फेमिली म्यान सिजन ३’ ले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि अभिनेता बाजपेयीले एक्स (ट्विटर) मार्फत चौंथो सिजन पनि ल्याउने घोषणा गरेका छन् ।

‘सबै कुराको जवाफ चौंथो सिजनमा मिल्नेछ । चाँडै भेट्नेछौं’ बाजपेयीले लेखेका छन् । तेस्रो सिजन विहिबारदेखि अमेजन प्राइममा रिलिज भैसकेको छ ।





Read More