― Advertisement ―

HomeLatest newsसरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच बालुवाटारमा वार्ता

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच बालुवाटारमा वार्ता



६ मंसिर, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ता अभियानले सरकार समक्ष राखेका माग र भोलिबाट गर्ने भनिएको अनिश्चितकालीन बन्द हड्तालमा केन्द्रित रहेको सहभागीहरूले बताएका छन् ।

वार्तामा प्र​साईंको त​र्फ​बाट​ उनका छोरा डा. निराजन प्र​साई र​ अभियान​का प्र​व​क्ता प्रेम​दीप लिम्बु लगायत सहभागी छन् ।

वार्ताको सहजकर्ताको रुपमा अधिव​क्ताद्वय​ विनोदम​णि भ​ट्ट​राई र​ ल​ब​न न्यौपाने पनि वार्ताका लागि बालुवाटार पुगेका छन् ​।

यसअघि कार्तिक २६ गते दुर्गा प्रसाईं नेतृत्वको अभियानले गृहमन्त्री अर्यालसँगको वार्तामा २७ बुँदे माग प्रस्तुत गरेको थियो ।

संविधान खारेजी लगायतका माग राखेको प्रसाईं पक्ष आज वार्तामा बसेको हो ।

प्रसाईं भने जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More