― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsपहिलो जितपछि लय गुमाउँदै काठमान्डु गोर्खाज – KhabarHost

पहिलो जितपछि लय गुमाउँदै काठमान्डु गोर्खाज – KhabarHost


पहिलो खेल जितेको काठमान्डुले त्यसयता लगातार दुई खेलमा पराजय भोगेको छ । आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम विरुद्ध जितको नजिक पुगेर पनि हतासिएको काठमान्डु शनिबारको खेलमा भने कमजोर नै देखियो ।

राष्ट्रिय

समाचार.

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले पहिलो खेल जितेपछि लगातार दुई खेलमा पराजय भोगेको छ।
  • शनिबार विराटनगर किङ्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ र मर्चेन्ट डे लाङले २ विकेट लिएर टप अर्डर दबाबमा राखेका थिए।
  • विराटनगरले लगातार दुई खेल जित्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ र टप अर्डर ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरेको छ।

६ मंसिर, काठमाडौं । काठमाण्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा हराएपछि धेरैले सोचेका थिए- काठमान्डु गोर्खाजले यसपटक सन्तुलित टिम बनाएको छ र राम्रो प्रदर्शन पनि गर्छ भनेर ।

तर पहिलो खेल जितेको काठमान्डुले त्यसयता लगातार दुई खेलमा पराजय भोगेको छ । आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम विरुद्ध जितको नजिक पुगेर पनि हतासिएको काठमान्डु शनिबारको खेलमा भने कमजोर नै देखियो ।

काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले ५ विकेटले पराजित गर्यो । काठमान्डुले बलियो योगफल नै बनाउन सकेको थिएन । त्यसलाई विराटनगरका ब्याटरले पनि सिरियस रूपमा लिएनन् ‌।

अन्तत: मिडर ओभरमा केही स्लो खेलेपनि विराटनगरले‌ जित भने हात पार्यो । पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुले त्यसयता भने लय गुमाएको देखिएको छ ।

काठमान्डुको कमजोर ब्याटिङ

ब्याटिङ अर्डरमा सन्तुलित देखिएपनि काठमान्डुको टप अर्डर आज चलेन । त्यसो त प्रशिक्षक मोन्टी देशाईले प्लेइङ ११ मा ३ परिवर्तन गरेका थिए ।

अघिल्लो खेल नखेलेका जेरार्ड एरासमस टोलीमा भित्रिए भने सन्नी पटेल बाहिरिए । त्यस्तै भीम सार्कीको स्थानमा प्रतिक श्रेष्ठले मौका पाउँदा मिलिन्द कुमारको स्थानमा रिकार्डो भास्कोन्सेलोसले खेले ।

यी तीनवटै परिवर्तन फलदायी भने रहेनन् । एरासमस १०, रिकार्डो ३ र प्रतिक २ रनमै आउट भए । काठमान्डुका ओपनर आकाश त्रिपाठी शून्यमै आउट भए भने रिकार्डो, प्रतिक र एरासमस पनि सस्तैमा पेभेलियन फर्किँदा ८.१ ओभरमा २९-४ को अवस्थामा पुगेको थियो ।

यसक्रममा विराटनगरका पेस बलर मर्चेन्ट डे लाङले ३ ओभरको सुरुवाती स्पेल गर्दै ५ रन मात्र दिएर २ विकेट लिएका थिए । उनले काठमान्डुको टप अर्डरलाई दबाबमा राखिदिए, जहाँबाट काठमान्डु उम्कन मुस्किल नै भयो । यही प्रदर्शनका लागि उनले ‘प्लेयर अफ‌ द म्याच’ पनि पाए ।

त्यसपछि बेन चार्ल्सवर्थ पनि ३२ रनमा आउट भए, सन्तोष यादव २४ बलमा २६ रन मात्र बनाएर आउट भए । आदिल आलमले भने फिनिसिङको भूमिका निभाउँदै २५ बलमा ४८ रन बनाएर १३४ रनको मध्यम योगफलसम्म पुर्याएका थिए ।

यद्यपि उक्त योगफल पर्याप्त भने भएन । विराटनगरका ओपनर जर्ज मन्सेले १६ बलमा ३६ रनको आक्रमक पारी खेलेर आउट भए, मार्टिन गप्टिललले १९ बलमा २६ रन बनाए। त्यसले चेज सहज बनाइसकेको थियो ।

काठमान्डुका बलरहरूले पावरप्लेमा दबाब बनाउन नसक्दा विराटनगरका ब्याटरले फाइदा उठाएका थिए । ब्याटिङपछि बलिङमा पनि कमजोर प्रदर्शन हुँदा काठमान्डुले खेलमा पकड जमाउन सकेन ।

खेलपछि कुरा गर्दै काठमान्डुका आदिल आलमले ब्याटिङ बलिङ दुवैमा पावरप्ले मिस भएको बताए । ‘हामीले सोचेको जस्तो भइरहेको छैन, पावरप्लेमा ब्याटिङमा राम्रो गर्न खोजेको, ल्याक भइरहेको छ, बलिङमा पनि त्यस्तै भइरहेको छ’ आदिलले भने ।

यस्तै विराटनगरका प्रतिश जीसीले हाइ स्कोरिङ खेलको अपेक्षा गरेको भएपनि लक्ष्य धेरै नहुँदा चेज गर्न सजिलो‌ भएको बताए । ‘हाम्रा बलरहरूले राम्रो प्रदर्शन गरे, लक्ष्य पनि धेरै भएन, हामीलाई त सजिलो भयो’ प्रतिशले भने ।

विराटनगरको प्रभावशाली प्रदर्शन 

गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको विराटनगरले भने यसपटक लगातार २ खेल जित्दै प्रभावशाली सुरुवात गरेको छ ।

पहिलो खेलमा पोखरामाथि फराकिलो जित निकालेको विराटनगरले काठमान्डुलाई हराउँदै अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

विराटनगरका लागि विशेषगरी टप अर्डरको ब्याटिङले म्याच विनिङ प्रदर्शन गरेका छन् भने बलिङमा मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले नेतृत्व गरिरहेका छन् ।

शनिबारको खेलमा पनि मर्चेन्ट डे लाङले २ विकेट लिएर काठमान्डुको टप अर्डरलाई दबाबमा राखे। ब्याटिङमा जर्ज मन्से र मार्टिन गप्टिलले आक्रमक इनिङ खेले । पहिलो खेलमा मन्से नचल्दा लोकेश बम र गप्टिलले गज्जबको प्रदर्शन गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More