― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsभुवन केसीले थाले ‘बाटुलो जुन’ को बाँकी छायांकन, न्यान्सी खड्का पनि जोडिइन्

भुवन केसीले थाले ‘बाटुलो जुन’ को बाँकी छायांकन, न्यान्सी खड्का पनि जोडिइन्


न्यान्सी खड्का (बायाँ), अनमोल केसी र प्रिन्सी खतिवडा ।


राष्ट्रिय

समाचार.

  • निर्देशक तथा अभिनेता भुवन केसीले आगामी फिल्म ‘बाटुलो जुन’ को दोस्रो चरणको छायांकन शुक्रबारदेखि सुरु गरेका छन्।
  • पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का ‘बाटुलो जुन’ फिल्ममा कास्ट भएकी छन् र पाटनस्थित बगलामुखी मन्दिरमा उनको परिचय गराइएको छ।
  • फिल्मको बाँकी छायांकन काठमाडौं, बागलुङ, काभ्रेपलाञ्चोक, मकनवानपुर र पोखरामा गरिनेछ र बजेट २५ लाख रुपैयाँ रहेको छ।

काठमाडौं । निर्देशक तथा अभिनेता भुवन केसीले आगामी फिल्म ‘बाटुलो जुन’ को दोस्रो चरणको छायांकन शुक्रबारदेखि थालेका छन् । त्यसअघि आयोजित एक कार्यक्रममा थप कास्टबारे जानकारी दिइयो ।

यो फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अनुबन्धित भएकी छन् । ‘१२ गाउँ’ डेब्यू सुन्दरीको यो दोस्रो कथानक प्रोजेक्ट हो ।

पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार बिहान आयोजित पूजामा न्यान्सीलाई पनि कास्टको रुपमा परिचय गराइयो । यो फिल्ममा यसअघि अनमोल केसी र प्रिन्सी खतिवडा, प्रकाश घिमिरे, रेयर राई लगायत अनुबन्धित छन् ।

असारमा धादिङको नौबिसे क्षेत्रमा पहिलो चरणको छायांकन गरिएको थियो । त्यतिबेला निर्माताले अनमोल र प्रिन्सीको रोमान्टिक टिजर पोस्टर पनि बाहिर ल्याएका थिए ।

बाँकी छायांकन काठमाडौ, बागलुङको ढोरपाटन, काभ्रेपलाञ्चोक, मकनवानपुरको चित्लाङ र पोखरा लगायतका स्थानमा गरिने जनाइएको छ । पटकथा लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा फिल्म बन्न लागेको हो । चलचित्र विकास बोर्डमा भने फिल्मको बजेट २५ लाख रुपैयाँ उल्लेख छ । यदि यसो हो भने, यो फिल्म अनमोलको करिअरकै सबैभन्दा कम लगानीको फिल्म हुनेछ ।





Read More