― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsचौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर – KhabarHost

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर – KhabarHost


राष्ट्रिय

समाचार.

  • चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ, जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हो।
  • सीजीले अघिल्लो आवको तुलनामा ७ अर्ब बढी कर तिरेको र पछिल्लो ५ वर्षमा ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ।
  • प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर योगदानलाई अर्थमन्त्रीले विशेष रूपमा उल्लेख गरेकोमा आभार व्यक्त गरेका छन्।

५ मंसिर, काठमाडौं । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ ।

अघिल्लो आव २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको सीजीले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको हो । यसले सीजीको लगानी वृद्धिदर तीव्र गतिमा रहेको प्रष्ट हुनेसमेत कम्पनीको भनाइ छ ।

सीजीले पछिल्लो ५ वर्षमा सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तार मार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ ।

निर्वाण चौधरी, प्रबन्ध निर्देशक, चौधरी ग्रुप

‘ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौं,’ प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५ अर्ब ५९ करोड कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ, चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ ।’

नेपालमा व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा छैन । यसबाट करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने समेत कम्पनीको भनाइ छ । चौधरी ग्रुपले भने हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण सार्वजनिक गर्दै आएको छ ।





Read More