― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsप्रधानमन्त्रीले भोलि १२३ दलसँग चुनावबारे छलफल गर्ने

प्रधानमन्त्रीले भोलि १२३ दलसँग चुनावबारे छलफल गर्ने


राष्ट्रिय

समाचार.

  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्न सिंहदरबारमा बैठक बोलाएकी छन्।
  • बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई छलफलका लागि निम्ता गरिएको छ।
  • फागुन २१ को चुनावका लागि दलहरूलाई सहभागी हुन अपिल गर्ने उद्देश्यले उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन्।

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्ने भएकी छन् ।

त्यसका लागि बधुबार अपरान्ह ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई निम्ता गरिएको छ ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् । उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।





Read More