― Advertisement ―

यो उत्कृष्ट मूल्य Chromebook मा काम र दैनिक प्रयोगका लागि $250 मुनिका लागि आवश्यक पर्ने सबै कुराहरू छन्

Chromebooks ले पूर्ण रूपमा विकसित विन्डोज वा macOS ल्यापटप नचाहिने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट मूल्य प्रदान गर्दछ। तिनीहरू पोर्टेबल छन्, प्रयोग गर्न सरल छन्, र...
HomeLatest newsइनास नेपालको १७ सदस्यीय कार्यसमिति निर्वाचित, अध्यक्षमा लामिछाने

इनास नेपालको १७ सदस्यीय कार्यसमिति निर्वाचित, अध्यक्षमा लामिछाने


राष्ट्रिय

समाचार.

  • अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन्।
  • मंगलबार सम्पन्न दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
  • इनासले विश्वभर नेपाली कला, साहित्य, संस्कृति र भाषा प्रवर्धनमा भूमिका निर्वाह गर्ने जनाएको छ।

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् ।

मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं निर्वाचित भएका छन् ।

फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव र राजिन पनेरु सचिव पदमा निर्वाचित भए । कोषाध्यक्षमा चलचित्र वितरक रत्न श्रेष्ठ चुनिए ।

सदस्यहरूमा खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्वाचित भएका छन् । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त थिए ।

इनासको ग्लोबल सञ्चार प्रतिनिधि (जीसीआर) पदमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् । उनले संस्थाको ग्लोबल कमिटी र राष्ट्रिय कमिटीबीच सञ्चार समन्वयको भूमिका गर्ने सो अवसरमा जनाइयो ।

इनास नेपाल शाखाका निवर्तमान अध्यक्ष एवम् एसिया संयोजक समेत रहेका गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए ।

अध्यक्ष काफ्लेले संस्थाले विश्वब्यापी फैलिएको संस्थाकोे सञ्जालमार्फत नेपाली कला प्रवर्धनमा भूमिका निर्वाह गर्ने बताए । कला, साहित्य, संस्कृति, भाषा, खेलकुदजस्ता विधालाई समेटेर तिनको विकास र प्रवर्धनमा आफ्नो कार्यकालले त्यसका लागि पहल गर्ने जानकारी उनले दिए ।

काफ्लेले संस्थाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो र तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए ।

सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले विधानको मर्मअनुसार कार्य गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीतसंगीत, भाषा, साहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविधाका विशेषज्ञको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार परिष्कृत गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक पाण्डेयले दिए ।

कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्‍याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।





Read More