― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsराहदानी विभागबाट ८ बिचौलिया पक्राउ – KhabarHost

राहदानी विभागबाट ८ बिचौलिया पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • त्रिपुरेश्वरस्थित राहदानी विभागबाट आठ बिचौलियालाई पक्राउ गरिएको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार ३ र मंगलबार ५ जना गरी आठ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरुले राहदानी बनाउन गएका सेवाग्राहीलाई दुख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको एसपी काजिकुमार आचार्यले बताए।

२ मंसिर, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लिने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ परेकाहरुमाथि अहिले सोधपुछ भइरहेकाले प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन । पछिल्लो समय राहदानी विभागमा बिचौलीहरुको बिगिबिग भएको भन्दै नागरिकले गुनासो गर्न थालेपछि प्रहरीले कारबाही अघि बढाएको छ ।





Read More