― Advertisement ―

Cthulhu: The Cosmic Abyss एउटा उत्कृष्ट, वायुमण्डलीय लभक्राफ्टियन खेल हो – तर एउटा निराशाजनक विशेषताले मलाई राम्रोको लागि रिस उठाउन सक्छ।

म लभक्राफ्टका सबै चीजहरूको ठूलो प्रशंसक हुँ, त्यसैले म Cthulhu: The Cosmic Abyss पत्ता लगाउन निकै उत्साहित थिएँ। मेरो सबै समयको मनपर्ने डरावनी खेलहरू...
HomeLatest newsविश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने कानुन ल्याउँदै सरकार

विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने कानुन ल्याउँदै सरकार


राष्ट्रिय

समाचार.

  • सरकारले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन विज्ञ समिति बनाउने तयारी गरेको छ।
  • शिक्षा मन्त्रालयले उच्च शिक्षा मापदण्ड ऐनमा प्रधानमन्त्री कुलपति नरहने प्रावधान राख्ने योजना बनाएको छ।
  • हाल १० वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ भने अन्य विश्वविद्यालयमा फरक व्यवस्था लागू छ।

३० कात्तिक, काठमाडौं । सरकारले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन गृहकार्य सुरु गरेको छ । यसका लागि विज्ञ समिति बनाउने तयारी भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका उपकुलपति र प्राज्ञ रहेको समिति बनाउन लागेको हो । यो समितिले दिएको प्रतिवेदनका आधारमा ऐन बनाउने तयारी सरकारको छ ।

‘विश्वविद्यालयको उपकुलपति र विज्ञ रहेको समिति बनाउने योजना छ । समिति केही दिनभित्रै बन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘समिति बनाउन मन्त्रीज्यूले छलफल गरिरहनुभएको छ ।’

शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्ने बताउँदै आएका छन् । प्राज्ञहरूले कुलपति प्रधानमन्त्री हुने चलन हटाउन मन्त्री पुनलाई सुझाव दिएका थिए । त्यसैको आधारमा मन्त्री पुनले समिति बनाउन लागेका हुन् ।

कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन अध्यादेश ल्याउने वा ऐनमा समावेश गर्ने भन्ने विषयमा पनि छलफल चलेको थियो । तर अध्यादेशबाट भन्दा ऐनमा नै समावेश गरेर जाने निष्कर्षमा मन्त्रालय पुगेको हो ।

मन्त्रालय स्रोतका अनुसार उच्च शिक्षा मापदण्ड ऐनमा प्रधानमन्त्री कुलपति नरहने प्रावधान राख्ने तयारी छ ।

‘मापदण्ड ऐनको मस्यौदा बनेको छ । यही ऐनमा राखेर जाने छलफल भएको छ । त्यसैको लागि विज्ञको समिति बनाउन लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो । प्रत्येक विश्वविद्यालयको छुट्टाछुट्टै ऐन पनि छ । त्यो ऐन पनि संशोधन गर्नुपर्ने हुन्छ । ‘के–कसरी हटाउन सकिन्छ त्यो विज्ञको समितिले अध्यययन गरेर सिफारिस गर्छ,’ ती अधिकारीले भने ।

शिक्षा मन्त्रालयले उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक बनाएको थियो । उक्त विधेयकमाथि राय सुझाव लिएर परिस्कृत बनाउन कानुन आयोग पठाइएको थियो । कानुन आयोग पुगेपछि यसलाई मापदण्ड ऐन बनाउन लागिएको हो ।

शिक्षा मन्त्रालयका अनुसार यो विधेयक कानुन आयोगबाट मन्त्रालयमा आएको छ । यसैमा प्रधानमन्त्री कुलपति नरहने बुँदा थप गर्न लागिएको हो ।

विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउदा राजनीतीकरण नहुने दाबी विज्ञहरूको छ ।

‘पछिल्ला कालमा प्रधानमन्त्रीको अध्यक्षतामा सिनेट बस्दा राजनीतिक हस्तक्षेप भयो । उपकुलपति, रेक्टर, रजिस्ट्रार र अन्य पदमा पनि राजनीति भयो,’ त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘प्रधामनन्त्री कुलपति नहुने हो भने विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्छ हुन्छ । बोर्ड अफ ट्रस्टिजबाट विश्वविद्यालय चल्छ ।’

विश्वविद्यालय स्वायत्त र आफ्नै निर्णय आफैं गर्न पाउनुपर्ने भनाइ उनको छ । ‘सरकारको मुख नहेरी विश्वविद्यालयबाट नै निर्णय हुने भयो । विदेशमा पनि बोर्ड अफ ट्रस्टिजको मोडलमा चलेको छ,’ माथेमाले भने, ‘२०औँ वर्षदेखि यो विषय उठाउँदै आएका छौँ । ऐन नै संशोधन गरेर जानुपर्छ ।’

प्रधानमन्त्री कुलपति हुने व्यवस्था नरहेमा विश्वविद्यालयले आफूलाई कस्तो उपकुलपति, रेक्टर, रजिस्ट्रार चाहिएको हो उसैले निर्णय गर्ने दाबी माथेको छ । तर हाल प्रधानमन्त्री कुलपति हुँदा आफू निकटका र दलको भागबन्डाको आधारमा नियुक्ति गर्ने गरिएको छ । यसले विश्वविद्यालयको शाख गुमेको तर्क प्राज्ञहरूको छ ।

अहिले १० वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय राजर्षी जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री छन् ।

नेपाल खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति हुने प्रावधान छ । मधेश कृषि विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति रहने व्यवस्था छ ।

बोर्ड अफ ट्रस्टीमा कुलपति र अध्यक्ष रहेको विश्वविद्यालय ६ वटा छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयले अध्यक्ष चयन गर्नेछ । नेपाल विश्वविद्यालयले भने विज्ञलाई कुलपति बनाउने नियम छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More