― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsबाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान



३० कात्तिक, काठमाडौं । बाँदरको त्रासका कारण पाल्पाका किसानले नपाक्दै सुन्तला बेच्न बाध्य भएका छन् ।

ग्रामीण बस्तीमा बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेच्न हतारिएको किसानले बताएका छन् ।

अहिले खेतबारीमा अन्य अन्नबाली नभएको कारण बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेचेको बगनासकाली-४ का किसान गुरुदत्त अर्यालले बताए ।

नपाक्दै सुन्तला बेच्नु पर्दा कम मूल्य पर्ने गरेको गुनासो किसानको छ । खासगरी बगनासकाली गाउँपालिकाभित्रका विभिन्न गाउँमा अहिले सिकानले काँचोमै सुन्ताल टिपेर बेचेका हुन् ।

जंगली जनावरको हैरानी र काम गर्ने जनशक्ति नभएपछि वैकल्पिक खेतीका रुपमा गरिएको सुन्तला खेतीमा बाँदरले हैरानी पुर्‍याएको किसानको भनाइ छ ।

‘बाँदसहितका जंगली जनावरले हैरानी पुर्‍याएपछि खेतबारीमा अन्य अन्नबाली लगाउन छाडेर सुन्तला खेती सुरु गरेका थियौं । त्यो पनि बाँदरले खाने, रुख हल्लाएर फलजति झारिदिने जस्ता हैरानी पुर्‍याएपछि समस्यामा परेका छौं’, बगनासकाली ५ दर्लमडाडाँका किसान दिननाथ गैरेले भने ।

केही समय बोटमै राख्न सके सुन्तलाले राम्रो मूल्य पाउने भए पनि र बाँदरबाट जोगाउन पहिल्यै सुन्तला बेच्नु परेको किसानहरुको गुनासो छ ।

बेगनासकाली गाउँपालिका विभिन्न गाउँबाट अहिले किसानले सुन्ताल निर्यात गरिरहेका छन् । किसानले उत्पादन गरेको सुन्तला प्रतिकेजी ६५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

हरियोमै बिक्री गर्दै आएको सुन्तला अबको एक महिनासम्म जागाउन सकेमा प्रतिकेजी दश रुपैयाँसम्म मूल्य वृद्धि हुने किसानको भनाइ छ ।





Read More