― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsपोहोर नोक्सानीमा रहेको सोनापुर सिमेन्ट अहिले नाफामा

पोहोर नोक्सानीमा रहेको सोनापुर सिमेन्ट अहिले नाफामा


राष्ट्रिय

समाचार.

  • सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ।
  • कम्पनीको बिक्री आम्दानी ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको तुलनामा करिब दोब्बर हो।
  • कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ र रिजर्भ २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।

३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको बिक्री आम्दानी करिब दोब्बर हुँदा नाफामा सुधार आएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३४ करोड ३० लाख रुपैयाँ थियो ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.६८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ छ ।





Read More