― Advertisement ―

HomeLatest newsनागरिक लगानी कोषको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

नागरिक लगानी कोषको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी


राष्ट्रिय

समाचार.

  • नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कोषको ब्याज आम्दानी घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेर नाफामा सामान्य सुधार आएको छ।
  • कोषको वार्षिक प्रतिसेयर आम्दानी १९.४० रुपैयाँ पुगेको छ, जुन गत आवको तुलनामा घटेको हो।

२८ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष यसै अवधिमा कोषको खुद नाफा ३० करोड ९ लाख रुपैयाँ थियो ।

ब्याज आम्दानी उल्लेख्य घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको ब्याज आम्दानी ९ करोड ७२ लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा यस्तो आम्दानी ११ करोड ९८ लाख रुपैयाँ थियो ।

सेवा शुल्क तथा कमिसन आम्दानी पहिले ३९ करोड १६ लाख रुपैयाँ रहेकोमा अहिले ४२ करोड ७४ लाख रुपैयाँ छ । कोषको लगानीमा सबैभन्दा धेरै रकम मुद्दती निक्षेपमा थुप्रिएको छ । असोज मसान्तसम्म कोषले १ खर्ब ६२ अर्ब रुपैयाँ बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । बैंकको ब्याजदर घट्दै जाँदा कोषको ब्याज आम्दानी घटेको हो ।

कोषको नाफा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी पहिले १९.८७ रुपैयाँ रहेकोमा अहिले १९.४० रुपैयाँ छ । लाभांशका रुपमा बोनस सेयर दिएर सेयर पूँजी बढ्दा प्रतिसेयर आम्दानी खुम्चिएको हो । कम्पनीको सेयर पूँजी पहिले ६ अर्ब ५ करोड रहेकोमा अहिले ६ अर्ब ४८ करोड छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १ हजार ८२० रुपैयाँ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More