― Advertisement ―

टेक्सास इन्स्ट्रुमेन्टको व्यक्तिगत कम्प्युटर प्रभुत्वको लागि योजना थियो – एक मूल्य युद्धले यसलाई लगभग बर्बाद ल्यायो

जनवरी १९५१ मा, टेक्सासमा आधारित कम्पनी जियोफिजिकल सर्भिस इनकर्पोरेटले पुनर्संरचना कार्यक्रम गरायो।कम्पनी, जसले विकास गरेको थियो, अत्याधुनिक उपकरणको रूपमा सर्वेक्षणको रूपमा उद्योगमा प्रयोग गरिएको...
HomeLatest newsपिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि

पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि


राष्ट्रिय

समाचार.

  • पिस प्वाइन्ट बोर्डिङ स्कुलले दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।
  • फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हराएको थियो।
  • प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोली सहभागी थिए र पुरस्कार राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक अरुणा गुरुङले प्रदान गरिन्।

२७ कात्तिक, काठमाडौं । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।

दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो ।

सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हरायो ।

त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर बन्दा पिस प्वाइन्टकै आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने ।

मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पयो ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलको टोलीको सहभागिता थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गरिन् । उनले सहभागि टिम देखि विजयी टिम खेलाडीलाई बधाई दिँदै विद्यार्थीका लागि खेलकुदको महत्वबारे धारणा राखेकी थिइन् ।

प्रतियोगिताका संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागि टोली देखि प्रतियोगिताला२ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

गुरुकुलम स्कुलले विद्यार्थीहरुका लागि पढाई मात्र नभएर फुटसल लगायत अन्य विभिन्न खेलकुद गतिविधिमा पनि सक्रिय गराउँदै आएको छ ।





Read More