― Advertisement ―

‘शून्य प्रमाण’: अपोलोका प्रमुख अर्थशास्त्री भन्छन् कि एआई-सम्बन्धित जागिर हानि भइरहेको छैन

Torstenedøl"Torstenedøl"का प्रमाणहरू थिए। जागिरमा कमीएआई विशेषज्ञहरू, डाटा सेन्टरका कर्मचारीहरू र थपको लागि भर्ना बढेको छJevons Paradox ले दक्षताको बावजुद माग बढेको छ id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">अपोलो ग्लोबल...
HomeLatest newsमैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी – KhabarHost

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलमा २-२ गोलको बराबरी खेलेको छ।
  • रोहित चन्दले २९औं मिनेटमा गोल गरे जुन उनको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
  • इन्जुरी समयमा अनन्त तामाङले बराबरी गोल गर्दै खेललाई २-२ मा पुर्‍याए।

२७ कात्तिक, काठमाडौं । इन्जुरी समयमा गोल फर्काएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।

बिहीबार ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेलमा नेपाल र बंगलादेशले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफमा अग्रता लिएको भएपनि दोस्रो हाफको सुरुवाती समयमै नेपालले २ गोल बेहोरेको थियो । त्यसपछि इन्जुरी समयमा गोल फर्काएको हो ।

२९औं मिनेटमा रोहित चन्दले डिबक्सको बाहिरबाट गरेको सशक्त प्रहार गोल भएको थियो । रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो ।

दोस्रो हाफको ४६औं मिनेटमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले शानदार एक्रोब्याटिक गोल गर्दै खेल बराबरीमा ल्याए ।

हम्जाको एक्रोब्याटिक गोल

त्यसको ३ मिनेटमै हम्जाले पेनाल्टीमार्फत गोल गर्दै बंगलादेशलाई फेरि अग्रतामा ल्याए । खेल सकिन लाग्दा इन्जुरी समयमा अनन्त तामाङले नेपालका लागि बराबरी गोल गरे ।

नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।

नेपालले अब १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More