२७ कात्तिक, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता समापन भएको ८ महिनापछि आयोजकले हिसाब सार्वजनिक गरेको छ । बिहीबार प्रतियोगिता नाफामा रहेको हिसाब सार्वजनिक गरेको हो ।
गत फागुन १९ गतेदेखि २८ गते नवौ संस्करणको विराट गोल्डकप सञ्चालन भएको थियो ।
नवौं संस्करणको प्रतियोगिताको संयोजक उद्योगी नविन रिजालले प्रतियोगिताबाट करिब ३ लाख रुपैयाँ मुनाफा भएको बताए । सातौं र आठौ संस्करण भने घाटामा गएको थियो ।
विराटनगर फुटबल ट्रस्टले बिहीबार पत्रकार सम्मेलन गर्दै २ लाख ९४ हजार ३७४ रुपैयाँ मुनाफा भएको बताएको हो ।
संयोजक रिजालले टिकट बिक्री कम, प्रायोजकले प्रतिवद्धता अनुसार भुक्तानी नदिदा मुनाफा कम भएको बताए । नवौं संस्करणको गोल्डकपमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी १ करोड ४ लाख रुपैयाँ खर्च भएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

