― Advertisement ―

Microsoft Build 2026 live — सबै अद्यावधिकहरू जसरी तिनीहरू हुन्छन्

2026-06-01T22:45:37.623Z यस बीचमा, हामीले Microsoft Build 2026 मा अपेक्षा गर्न र हेर्नका लागि केही सबैभन्दा रोमाञ्चक चीजहरू हेरेका छौं - त्यसैले तपाईंको भोक कम गर्नको...
HomeLatest newsअन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष थापा निर्वाचित

अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष थापा निर्वाचित


राष्ट्रिय

समाचार.

  • नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।
  • थापाले सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन्।
  • नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ।

२५ कात्तिक, काठमाडौं। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन्।

नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ। नेपाल जेसीजले सन् २०११ मा पछिल्लो पटक अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।





Read More