― Advertisement ―

HomeLatest newsमतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह, म्याद थप्न पनि सकिने

मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह, म्याद थप्न पनि सकिने


मतदाता नामावली दर्ता गराउँदै नयाँ मतदाता ।



२४ कात्तिक, काठमाडौं । सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज छिटो बनाउन र कार्यसमय समेत बढाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिंकिंदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो ।

फागुन २१ गते तोकिएको निर्वाचनका लागि हाल मतदाता नामावली दर्ता प्रक्रिया जारी छ । नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकिएको छ । मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्या तथा सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ ।

खासगरी प्री–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदा समेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्य र अशक्त व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको गुनासो छ ।

प्रधानमन्त्री कार्यालयले मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न समेत भनेको छ ।्

प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्यसमय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनेको छ ।

त्यसैगरी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेका तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्न मिल्ने व्यवस्था गर्न आवश्यक प्राविधिक तथा कानूनी प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ ।

यसबारे आवश्यक सहजीकरणका लागि गृहमन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More