― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsतिलिचो तालमा हिउँसँग स्पर्श (फोटो फिचर) – KhabarHost

तिलिचो तालमा हिउँसँग स्पर्श (फोटो फिचर) – KhabarHost



३१ असोज, मनाङ । हिमालपारिको जिल्ला मनाङमा विश्वकै अग्लो स्थानमा रहेको ताल छ, तिलिचो ।

मनाङकै पहिचान बोकेको तिलिचो पुग्दा त्यस वरपरका तिलिचो, निलगिरि, खंग्सार तथा मुक्तिनाथ हिमाल नियाल्दै हिउँसँग स्पर्श गर्न सकिन्छ ।

हिमालय पर्वत शृङ्खलाअन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा छ। यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १ दशमलब २ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ।

सेता टल्किने हिमालको काखमा कञ्चन पानीको टिलपिल-टिलपिल दृश्यले तिलिचो पुग्ने जो-कसैको मन लोभिन्छ ।

तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको यो ताल हेर्नका लागि ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन्। यहाँको पदयात्राका क्रममा स्थानीय संस्कृतिलाई नजिकबाट अवलोकन गर्दै प्राकृतिको दृश्यास्वादन गर्न सकिन्छ।

ताल घुम्ने सिजन कहिले ?

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित सिजन वर्षमा दुई पटक हुन्छ । एउटा असोज-कात्तिक र अर्को फागुन-चैत ।

बर्खाको सिजनमा फुलेका लेकाली फूलहरूको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर दृश्य राम्रोसँग नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज, कात्तिक र हिउँ परेन भने मंसिरसम्म तथा अर्को सिजन फागुनको अन्तिमबाट वैशाखसम्म उपयुक्त हुनेछ ।

विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन। अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी हुन्छ ।

हिजोआज तिलिचो ताल घुम्न बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । यस तालमा पुग्न दुई सिजनमध्ये एक सिजनमा २० देखि २२ हजारसम्म पर्यटक पुग्ने गरेका छन् ।

विशेषगरी पदमार्ग अति जोखिम छ । एक त पहिरोको बाटो, अर्को लेक लाग्ने जोखिम । यहाँ १२ महिना हिउँ परिरहने भएकोले पनि सबै मानिस तिलिचो ताल पुग्न सक्दैनन् ।

यस क्षेत्रमा सबैभन्दा बढी हिउँ पर्ने समय पुसदेखि फागुनसम्म हो । अति हिउँ पर्ने भएकाले यो तीन महिनामा तिलिचो तालको यात्रा जोखिमपूर्ण मानिन्छ ।

कसरी जाने ?

तनहुँको डुम्रे हुँदै लमजुङको सदरमुकाम बेसीशहर, मनाङ सदरमुकाम चामे, मनाङ, खाङसारसम्म सडक मार्गबाट तिलिचो ताल जान सकिन्छ ।

अर्को, मनाङसम्म हवाई यात्राबाट पनि जान सकिन्छ । तर मनाङको खाङसार फ्याकचे फेदीबाट भने पैदल हिँड्नुपर्ने हुन्छ । खाङसारबाट श्रीखर्क हुँदै ४ देखि ५ घण्टाको पैदल यात्रामा बेसक्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट पाँच घन्टा पैदल हिँडेपछि तिलिचो ताल पुगिन्छ ।

श्रीखर्कबाट तल झरेपछि बेसक्याम्प जाने बाटोमा माथिबाट ढुंगा खस्ने जोखिम छ । तलतिर मर्स्याङ्दी नदी माथितिर पहिरोको जोखिम भएकोले त्यस क्षेत्रमा फटाफट यात्रा गर्नु आवश्यक हुन्छ ।

त्यस्तै बेसक्याम्पबाट तिलिचो ताल जाने बाटोमा २२ घुम्ती नपुग्दै पहिरोको जोखिम छ । त्यस क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन जरुरी हुन्छ ।

तिलिचो जाँदा सबैभन्दा यादगर भने २२ घुम्तीको पैदल यात्राले गराउँछ । विशेषगरी बेसक्याम्पबाट पैदल हिँडेपछि सबैभन्दा उकालो भएको स्थान २२ घुम्ती हो । २२ घुम्ती कटेपछि तिलिचो पुग्नेमा आशावादी हुन्छन् । किनभने धेरै यात्रुहरू २२ घुम्तीबाटै फर्किएका पनि हुन्छन् ।

यद्यपि, २२ घुम्ती कटेपछि बाटो अलि सहज र हिउँमाथि हिँड्न पाइने भएकोले यात्रीहरू रोमाञ्चित हुन्छन् ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More