― Advertisement ―

जहाँबाट पनि मर्डर लाइन अनलाइन कसरी हेर्ने – यो *नि:शुल्क* छ

द मर्डर लाइन (उत्तर अमेरिकामा द बोर्डरलाइन भनेर पनि चिनिन्छ) अन्ततः बेलायतका दर्शकहरूका लागि उपलब्ध छ। यो छ-एपिसोड सीमित अपराध नाटक क्यानाडाको हजार टापु...
HomeLatest newsरास्वपा सचिवालय विस्तार, थपिए यी ४ नेता – KhabarHost

रास्वपा सचिवालय विस्तार, थपिए यी ४ नेता – KhabarHost



१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय विस्तार भएको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार कार्यबाहक सभापति डीपी अर्यालले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् ।

सभापतिको मनोनीत गरेको उक्त निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल समितिको बैठकमा प्रस्तुत भएको छ ।

थप हुने सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन् । उनीहरू चार जना नै गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जानकारी दिएको छ ।

‘पार्टी सचिवालयको गठन पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनीत गरी २५ जनासम्मको पार्टी सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ,’ विधानमा भनिएको छ ।

यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब भने १४ जनाको सचिवालय बनेको छ ।

आवश्यकता अनुसार, सभापतिले अन्य सदस्यहरू पनि सचिवालयमा थप्नसक्ने रास्वपाका एक नेताले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More