― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsस्पेनमा दूतावास र एनआरएनए आमुनेसामुने – KhabarHost

स्पेनमा दूतावास र एनआरएनए आमुनेसामुने – KhabarHost



१ कात्तिक, बार्सिलोना । बार्सिलोनामा गत साता सम्पन्न राहदानी घुम्ती शिविरका क्रममा विवाद चुलिएको छ । स्पेनस्थित नेपाली दूतावास म्याड्रिडले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्षसहितका पदाधिकारीहरूले शिविरका क्रममा ‘निन्दनीय र धम्कीपूर्ण व्यवहार’ गरेको दाबी गर्दै त्यसको घोर भर्त्सना गरेको छ ।

एनआरएनए स्पेनले भने दूतावासको आरोपलाई ‘पूर्णतः गलत र एकतर्फी व्याख्या’ गरेको भन्दै विस्तृत स्पष्टीकरणसहित विज्ञप्ति सार्वजनिक गरेको छ।

दूतावासले शुक्रबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ कि अक्टोबर ११ र १२ का लागि औपचारिक रूपमा तय गरिएको राहदानी घुम्ती शिविरमा, एनआरएनए स्पेनको अनुरोधमा १३ अक्टोबर का दिन पनि सेवाको विस्तार गरिएको थियो।

दूतावासका अनुसार, एनआरएनए स्पेनका केही पदाधिकारीहरूले पूर्वसम्झौता विपरीत अव्यवस्थित भिड बनाएर वातावरण अशान्त बनाएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘घुम्ती टोलीमा खटिएका कर्मचारीहरूलाई अनेक धम्की तथा अपशब्द प्रयोग गर्दै थुनेर राखियो । फाराम भरेका कैयौं आवेदकलाई रोकी फाराम नभरेका अन्य व्यक्तिहरूलाई घुसपेठ गराइयो, जसका कारण सेवाप्रवाह नै अवरुद्ध भयो।’

त्यसकै परिणामस्वरूप, अक्टोबर १३ मा शिविर सञ्चालन गर्न नसकिएको दूतावासले जनाएको छ । यद्यपि, असहज परिस्थितिमा पनि पूर्वनिर्धारित ३५२ को सट्टा ४३६ जनालाई सेवा दिन सफल भएको दाबी गरिएको छ । दूतावासले सेवाबाट वञ्चित भएका आवेदकहरूलाई क्षमायाचना गर्दै आफ्ना विवरण दूतावासको इमेलमा पठाउन अनुरोध गरेको छ।

त्यससँगै, दूतावासले नेपाली समुदायलाई संयम, मर्यादा र सहयोगात्मक व्यवहार गर्न पनि अपिल गरेको छ।

एनआरएनए स्पेनको प्रतिक्रिया : असत्य व्याख्या र जिम्मेवारी पन्छ्याउने प्रयास

एनआरएनए र दूतावासको विज्ञप्ति ।

एनआरएनए स्पेनले शुक्रबार नै सार्वजनिक गरेको स्पष्टीकरणसहितको विज्ञप्तिमा भने दूतावासको दाबीलाई ‘पूर्णतः असत्य र भ्रामक’ भन्दै खण्डन गरेको छ।संघका अनुसार, घुम्ती शिविरमार्फत ४८४ जना नेपालीलाई सेवा प्रदान गरिएको थियो, जुन इतिहासकै उच्च संख्या हो।

विज्ञप्तिमा भनिएको छ, ‘गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, मानसिक स्वास्थ्य समस्या भएका नागरिकलाई मानवीय दृष्टिले बिना एपोइन्टमेन्ट सेवा दिइयो। यो प्रयास सेवामा पहुँच बढाउने उद्देश्यले गरिएको हो।’

एनआरएनए स्पेनले आरोप लगाएको छ कि शिविर सञ्चालनका क्रममा दूतावासका केही कर्मचारी बिना जानकारी घण्टौंसम्म हराएका, जसका कारण सेवाग्राहीबीच अन्योल सिर्जना भएको थियो। ‘त्यो बेला सेवाग्राहीहरुले प्रश्न गरेका थिए , यदि बार्सिलोनामा यस्तो हुन्छ भने म्याड्रिडमा के होला ? यो विरोध होइन, नागरिक सचेतताको उदाहरण हो’, विज्ञप्तिमा भनिएको छ।

संघका अनुसार, भीड नियन्त्रणका लागि  ‘सटर बन्द’ गरिएको थियो, जुन असहयोग नभई सुरक्षात्मक उपाय थियो। ‘त्यो समयमा करिब ६५ जना सेवाग्राही, कर्मचारी र स्वयंसेवक भित्र रहेका थिए। माथिल्लो तलाबाट पानीको पोकाहरू फ्याँकिएकाले उपकरण र मानिसलाई जोगाउन सटर बन्द गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

संघले थप आरोप लगाएको छ कि केही दूतावास कर्मचारीहरूले आफ्ना चिनेका व्यक्तिलाई प्राथमिकता दिँदै ‘घुसपैठ’ गराएका थिए। ‘हाम्रै आँखाले देख्यौं, कर्मचारीले आफ्ना मान्छे भनी फाराम लिएर आफ्नै कार्डबाट भुक्तानी गरे,’  विज्ञप्तिमा भनिएको छ।

एनआरएनए स्पेनले दूतावासको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउँदै केही प्रमुख मुद्दा उठाएको छ।उनीहरूले भनेका छन् कि एपोइन्टमेन्ट लिन कठिनाइ र सेवा ढिलाइ, फोन सम्पर्क नहुने समस्या, कुरीयर तथा कागजात लिगलाईजेसन सेवा बन्द हुनु, नागरिकबाट संकलित डोनेशनको हिसाब सार्वजनिक नगर्नु, र कार्यालय भाडा अत्यधिक दरमा लिइएको जस्ता विषयहरू सुधार गर्नुपर्ने रहेको छ।

संघले भनेको छ, ‘यी प्रश्नहरू उठाउनु अपराध होइन, यो जवाफदेहिताको अभ्यास हो। नागरिकको अधिकारका लागि प्रश्न गर्न पाउनु हाम्रो कर्तव्य हो।’

विज्ञप्तिमा भनिएको छ कि बार्सिलोना क्षेत्रमा अत्यधिक चाप र जनसंख्या वृद्धि भएकोले यहाँ  ‘महावाणिज्य दूतावास’ स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ।संघले नियमित रूपमा मासिक घुम्ती शिविर सञ्चालन, सेवामा पारदर्शिता, र नागरिकमैत्री प्रणाली लागू गर्न माग गरेको छ।

स्पेनमा राहदानी विवाद : नेपाली समुदाय तनावमा

युरोप प्रवेश गरेका धेरै नेपालीको अन्तिम गन्तव्य अहिले स्पेन बनेको छ। गैरकानुनी रूपमा स्पेन प्रवेश गरेका वा अन्य युरोपेली मुलुकको टीआरसी त्यागेर आएका हजारौं नेपाली हाल राहदानी बिहिन अवस्थामा रहेका छन्।

बार्सिलोना बाहिरका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरूले पहिले नै फारम भरेर राहदानी बनाउन आए पनि सेवा पाउन नसकेको भन्दै आक्रोश पोखेका छन्।

प्रत्यक्षदर्शीका अनुसार, एनआरएनए स्पेनले घुम्ती शिविर पर्याप्त रूपमा व्यवस्थापन गर्न नसकेको देखिएको छ। कतिपय पदाधिकारीको आक्रोशले माहोल झन् बिग्रिएको र केही गुनासो आएपछि दूतावास कर्मचारीले संयम नदेखाउनु पनि समस्या बनेको बताइएको छ।

स्पेनमा दूतावास स्थापनापछि, राजदूतावास र एनआरएनएबीचको यस किसिमको तिक्तता र आरोप–प्रत्यारोप पहिलो पटक देखिएको हो।नेपालले स्पेनका लागि राजदूत फिर्ता बोलाएको भोलिपल्ट, दूतावासले हस्ताक्षर र मिति बिना विज्ञप्ति जारी गर्नु विशेष रूपमा ध्यानाकर्षक बनेको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More