― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest news‘द रिचुअल’ काठमाडौं हरर फिल्म फेस्टिभलमा छनोट – KhabarHost

‘द रिचुअल’ काठमाडौं हरर फिल्म फेस्टिभलमा छनोट – KhabarHost



काठमाडौं । ब्ल्याक सुल्पा प्रोडक्सनको ब्यानरमा बनेको ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ नामक फिल्म काठमाडौं हरर फिल्म महोत्सव-२०२५ का लागि छनोट भएको छ । जितेन्द्र बुढा मगरको निर्माणमा बनेको चलचित्र फिचर फिल्मका रुपमा महोत्सवमा छानिएको हो ।

नेपालकै पहिलो हरर चलचित्र महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो । महोत्सव अक्टोबर ३१ देखि नोभेम्बर २, २०२५ सम्म काठमाडौंमा आयोजना हुँदैछ।

चलचित्र ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ पश्चिम नेपालको पहाडी भेगमा बसोबास गर्ने मगर खाम समुदायको लोककथा, संस्कार र आध्यात्मिक विश्वासहरूमा आधारित कथा रहेको निर्देशक विशाल रोकामगरले जानकारी दिए । ‘यसले विश्वास र भयबीचको अदृश्य सम्बन्ध, मानव आस्था र आत्मिक संसारको धुम्म सीमारेखा, र शुद्धता र बाँच्ने संघर्षबीचको द्वन्द्वलाई गहिरो सिनेमाटिक भाषामा प्रस्तुत गर्दछ’, उनले भने ।

निर्देशकसमेत रहेका विशाल रोकामगर, जितेन्द्र बुढा मगर, र धिरज पुन मगरले संयुक्त रुपमा कथा लेखेका छन् । चलचित्रमा निशा घरती मगर, सुदन थापा, होम रोका मगर, विशाल मान श्रेष्ठ, छिज्माली बुढा मगर, मोहन कलाठोकी, जुनु बुढा मगर, हियान बुढा मगर, र टेकबहादुर पुनलगायत कलाकारको भूमिका रहेको छ ।

लोकधुनमा आधारित गीतमा अंकिता पुनले आवाज भरेकी छन् । पोशाक डिजाइन संगीत रोकामगर ले सम्हालेकी छन्, कास्टिंग निदेशक जेके थापा, सह–निर्देशनमा उज्ज्वल अधिकारी रहेका छन्, र सह–क्यामेरामा अनमोल रोका मगरको योगदान रहेको छ। फिल्मको संगीत संयोजन र ध्वनि डिजाइनमा निरज डंगोलले गरेका छन् ।

‘दाङमा निर्माण भएको यो चलचित्रले स्थानीय संस्कृति, लोकविश्वास र अध्यात्मिक परम्परामा आधारित कथालाई विश्वको फिल्म मञ्चमा पुर्‍याउने प्रयास गरेको छ’, निर्देशक विशालले भने, ‘फेस्टिभलमा छनोट हुन पाउँदा दाङ र मगर समुदायको गौरवलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने विश्वास लिएका छौं ।’

काठमाडौं हरर चलचित्र महोत्सवले उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन विधामा पुरस्कार प्रदान गर्नेछ। निर्णायक मण्डलमा राजभाइ सुवाल (छायांकन निर्देशक/फोटोग्राफर, नेपाल), होसाम फाह्मी (चलचित्र समीक्षक, जर्मनी), एलेक्जान्ड्रा एनबर्ग (चलचित्र समीक्षक, स्विडेन/लाट्भिया) र यास्मिन बुछफार (चलचित्र समीक्षक, मोरोक्को) रहेका छन्।

महोत्सवमा १५ देशका २५ चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसअन्तर्गत ७ फिचर र १८ लघु चलचित्रहरू रहेका छन्।

महोत्सव निर्देशक रशिक पाठकका अनुसार, नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र अध्ययनलाई प्रोत्साहन गर्दै, लोककथा, मिथक र अध्यात्मसँग जोडिएका कथाहरूलाई सिनेमाको माध्यमबाट विश्वसामु प्रस्तुत गर्नु यो महोत्सवको उद्देश्य रहेको छ।





Read More