― Advertisement ―

एनएचएसका कर्मचारीहरूले बिरामीको रेकर्डमा जासूसी गर्दा अब जेलको जोखिममा परेका छन् किनकि व्यापक क्र्याकडाउनले बेलायतको स्वास्थ्य सेवा प्रणालीमा चौंकाउने गोपनीयता असफलताहरू उजागर गर्दछ।

NHS ले स्वास्थ्य हेरचाहकर्ताहरूलाई रेकर्ड गर्न सक्ने चेतावनी दिन्छ स्थायी रूपमागोपनीय मेडिकल रेकर्डहरूमा गैरकानूनी पहुँचको लागि जेलको समय अब खारेजमा सामेल हुन्छहाइ-प्रोफाइल अपराध पीडितहरूको...
HomeLatest newsकांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै – KhabarHost

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै – KhabarHost



१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मंसिरमै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य धारणा राख्ने क्रमम जारी छ ।

पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहको जिम्मेवारी दिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More