― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारएकता प्रक्रियाबारे छलफल गर्न पेरिसडाँडामा जुटे नेताहरू

एकता प्रक्रियाबारे छलफल गर्न पेरिसडाँडामा जुटे नेताहरू



१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियाबारे छलफल गर्न विभिन्न दलका नेताहरू जुटेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले एकतामा जाने टुंगो भएका दलका नेताहरू छलफलका लागि जुटेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुँदैछन् ।

त्यस्तै, गोपाल किराती पनि एकता प्रक्रियामा सहभागी हुने माओवादी केन्द्रका नेताहरूको दाबी छ । यद्यपि उनी अहिलेसम्म छलफलमा सहभागी भएका भने छैनन् ।

नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More