― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारएकीकृत समाजवादीका नेता किसान श्रेष्ठले भने- पुनर्गठनमा अल्झिन्नौं, एमालेमा जानसक्छौं

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले भने- पुनर्गठनमा अल्झिन्नौं, एमालेमा जानसक्छौं


राष्ट्रिय

समाचार.

  • नेकपा एकीकृत समाजवादी पार्टीको एउटा समूह एमालेमा फर्किने गरी संवादमा लागेको छ।
  • नेता रामकुमारी झाँक्रीले १९ गते पार्टी एकताको घोषणा पछि निर्णय हुने बताइन्।
  • नेता किसान श्रेष्ठले एमालेबाट आह्वान भएकाले त्यतातर्फ जाने सम्भावना रहेको खुलाए।

१६ कात्तिक, काठमाडौं । माओवादीसँग एकताको विपक्षमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको एउटा समूह पुरानै पार्टी एमालेमा फर्किने गरी संवादमा जुटेको छ ।

झलनाथ खनाल र घनश्याम भूसाल लगायतका नेताहरूले पार्टी पुनर्गठनको कुरा गरिरहे पनि केही नेताहरू अब यसरी अल्झिन नहुने भन्दै एमालेसँग सम्भावना छ ।

‘अहिले एकीकृत समाजवादी पार्टी विघटन भइसकेको छैन । १९ गते पार्टी एकताको घोषणा सुनिएको छ । त्यसपछि हामी के गर्ने भन्ने विभिन्न समूहमा छलफल भइरहेको छ’ नेता रामकुमारी झाँक्रीले भनिन् ।

उनले अहिले नै एमालेमा जाने सम्भावनाबारे केही बोलिनन् । तर पार्टीका अन्य नेताहरूका अनुसार झाँक्री सहितका नेताहरू एमालेमा नै जाने तयारीमा छन् ।

‘हामी माओवादीमा नजाने भएपछि यो बीचमा अल्झनु हुन्न भन्ने पक्षमा छौं,’ निवर्तमान सांसद समेत रहेका नेता किसान श्रेष्ठले अनलाइनखबरसँग भने,’१९ गते पछि हामी निर्णयमा पुग्छौं ।’

उनले एमालेबाट पनि आह्वान भएकाले त्यतातर्फ जाने सम्भावना रहेको संकेत गरे । उनका अनुसार अहिले को को कता लाग्ने भन्ने अन्तिम टुंगो नभएको जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More