― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeखेलकुद़़सोसल मिडिया प्रतिबन्धबाट जोगिन अस्ट्रेलियाली ‘इन्फ्लुएन्सर’ परिवार लण्डन बसाइ सर्‍यो

सोसल मिडिया प्रतिबन्धबाट जोगिन अस्ट्रेलियाली ‘इन्फ्लुएन्सर’ परिवार लण्डन बसाइ सर्‍यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्ष मुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने नियम लागू गर्दैछ।
  • ४ सदस्यीय ‘एम्पायर फेमिली’ नामक अस्ट्रेलियाली परिवार सामाजिक सञ्जाल प्रतिबन्ध छल्न बेलायत सर्ने निर्णय गरेको छ।
  • सरकारले नियम उल्लङ्घन गर्नेमा ५ करोड अस्ट्रेलियाली डलर जरिवाना हुने र उमेर प्रमाणीकरणका लागि अनुहार पहिचान प्रविधि प्रयोग हुने बताएको छ।

डिसेम्बरदेखि सुरु हुने सामाजिक सञ्जालको प्रतिबन्धको नियमलाई छल्न लाखौं अनलाइन फलोअर्स भएको एक अस्ट्रेलियाली परिवार बेलायतमा बसाइ सर्दैछ ।

बीबीसीका अनुसार अस्ट्रेलिया सरकारले डिसेम्बरदेखि लागू हुने गरि १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको नियम लागू गर्दैछ ।

‘एम्पायर फेमिली’ भनेर चिनिने ४ सदस्यीय परिवारमा आमाहरू बेक र बेक ली, १७ वर्षीय छोरा प्रेज्ली र १४ वर्षीया छोरी चार्लोट मिलेर बनेको छन् । उनीहरूले दैनिक जीवनका भिडियोहरू पोस्ट गर्छन् ।

एक पोस्टमा, उक्त परिवारले राम्रो कार्यको लागि इन्टरनेटको प्रयोग गर्दै आएको र बेलायत सर्नुको अर्थ छोरीले कन्टेन्ट क्रिएसन गर्न सकून भन्ने उद्देश्य रहेको छ ।

अस्ट्रेलियाले विश्वमा पहिलोपटक फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स, युट्युब १६ वर्ष मुनिका बालबालिकाको लागि प्रतिबन्ध लगाउने र विद्यमान त्यस्ता खातालाई निष्क्रिय तुल्याउने घोषणा गरेको थियो ।

यो प्रतिबन्ध युवालाई सामाजिक सञ्जाल र प्रविधि कम्पनीको हानिकारक प्रभावबाट जोगाउनको लागि डिजाइन गरिएको सरकारले जनाएको छ । यो नियम पालना नगर्नेलाई ५ करोड अस्ट्रेलियाली डलर सम्म जरिवाना हुनसक्ने जनाइएको छ ।

यो प्रतिबन्ध कसरी लागू गर्ने भन्ने कुरा स्पष्ट छैन तर केही सम्भावित विधिमा आधिकारिक परिचयत्रक कागजात, अभिभावकीय स्वीकृति र अनुहार पहिचान गर्न सक्ने प्रविधिको प्रयोग समावेश छन् । यसले डेटाको गोपनीयता र उमेर प्रमाणीकरण गर्ने सफ्टवेयरबारे चिन्ता जगाउन सक्छ ।

सुरुमा युट्युबलाई प्रतिबन्धबाट छुट दिइएको थियो तर यस वर्षको सुरुमा सरकारले आफ्नो निर्णय उल्टाएको थियो ।

१६ वर्ष मुनिका किशोरकिशोरीले अझै पनि भिडियो हेर्न सक्षम हुनेछन् तर खाता खोल्न अनुमति दिइने छैन, जुन सामग्री अपलोड गर्न वा प्लेटफर्ममा अन्तक्र्रिया गर्न आवश्यक छ ।

पश्चिमी अस्ट्रेलियाको पर्थबाट लन्डन सर्ने परिवारको निर्णयको विवरण दिने भिडियोमा, बेकले सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा नभएको बताएकी छन् ।

‘हामी बुझ्छौं कि यसले युवालाई इन्टरनेटमा हुने हानिबाट जोगाउँछ तर हामी इन्टरनेटलाई राम्रोको लागि प्रयोग गर्छौं’ उनले भनिन् ।

बीबीसीबाट ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More