― Advertisement ―

HomeLatest newsविप्लवलाई दाहालको प्रश्न- छलफलमा आएको नाम लिएर आयोगमा निवेदन किन दिएको ?

विप्लवलाई दाहालको प्रश्न- छलफलमा आएको नाम लिएर आयोगमा निवेदन किन दिएको ?



१२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले प्रश्न उठाएका छन् ।

उनले पार्टी एकताका लागि गठन भएको वार्ता टोलीमा नाम र चुनाव चिन्हबारे छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर आयोगमा दल दर्ताको निवेदन दिएको भन्दै प्रश्न गरेका हुन् ।

‘नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला,’ प्रतिनिधि सभा निर्वाचन ०७९ मा सिन्धुलीबाट निर्वाचित नेता दाहालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले विप्लवलाई विभिन्न आठवटा प्रश्न गरेका छन् । यस्ता छन् नेता दाहालका प्रश्नहरू :

अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन बिभाजित गरेको ?

नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन बिभाजित गरेको ?

श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?

अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?

आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?

अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?

वार्ता टोलीमा नाम र चुनाब चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ?

गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?

विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिना जानकारी ओलीजी सँग पनि एकताको लागि संवाद किन सुरू गरेको ?

माओवादी केन्द्रका नेता दाहालले विप्लवलाई भनेका छन्, ‘दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनैपर्छ महोदय । इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नुपर्ला नि ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More