― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest news‘पलेँटी’ मा आउँदैछिन् ज्ञानु राणा – KhabarHost

‘पलेँटी’ मा आउँदैछिन् ज्ञानु राणा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालयको ’आर’शालामा आउँदो शुक्रबार र शनिबार ज्ञानु राणाले लोकसङ्गीत कार्यक्रम पलेँटी प्रस्तुत गर्ने भएकी छिन्।
  • कार्यक्रममा लोककलाकार धर्मराज थापाको सम्झना गरिने र उनका सुपुत्र विकासजङ्ग राणाले गीत प्रस्तुत गर्नेछन्।
  • पलेँटी कार्यक्रम २० वर्ष पुरानो भए पनि यसपटक पहिलोपटक ‘पे पर भ्यू प्ल्याटफर्म’बाट प्रत्यक्ष प्रसारण गरिनेछ।

काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ’आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन् ।

कार्यक्रम आउँदो शुक्रबार र शनिबार आयोजना हुँदैछ । ‘पलेँटी’मा प्रसिद्ध लोककलाकार धर्मराज थापाको सम्झना पनि गरिने छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुन् ।

पिताजीको प्रेरणाले गायनमा लागेको बताउने राणाले सुपुत्र विकासजङ्ग राणालाई समेत ‘पलेँटी’मा सहभागी गराउने भएकी छिन् । विकासले धर्मराजका लोकप्रिय गीत सुनाउने भएका छन् ।

‘यसपालीको पलेँटीलाई तीनपुस्ते सृजनात्मक सङ्गमको रुपमा पनि लिन सकिन्छ’ नेपालयले विज्ञप्तिमा भनेको छ ।

ज्ञानु राणाले गाएका अनगन्ती गीतले लोकप्रियताको शिखर चुमेका छन् । उनी मुख्यगरि लोक गायनमा भिजेकी कण्ठ-शिल्पी हुन् । उनले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन् ।

उनले प्रसिद्ध गायक नारायण गोपालसँग सह-गायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतको लहरमा पर्छन् ।

गोपाल योञ्जनले बुनेको अद्भूत तामाङ सेलो ‘च्याङ्बा होए च्याङ्बा’ गीतलाई त अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ ।

नारायण गोपाल र गोपाल योञ्जनका साथै उनले अनेकौं लोक गायकसँग पनि सह-गायन गरेकी छिन् । पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रुपक चौधरीले साथ दिने भएका छन् ।

यसपालीको कार्यक्रमले नेपाली सङ्गीतको स्वर्णिमकाल सम्झाउने कुरा पलेँटीका संयोजक आभासले बताएका छन् । भन्छन्, ’ज्ञानु दिदी नेपाली लोक गायन र आधुनिक गायनकी दोभान हुन् । यसपालीको पलेँटीमा पुरानो पुस्तालाई ‘नोस्टल्जिक’ बन्ने अवसर जुट्नेछ र नयाँ पुस्तालाई लोकप्रियताको ‘अग्र्यानिक’ सौन्दर्यको अनुभूति गर्ने अवसर ।’

आयोजकका अनुसार यसपालीको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, साइँली रिमै चौँरी गाई’, ’हरियो डाँडामाथि’ जस्ता झण्डै डेढ दर्जन गीत प्रस्तुत हुनेछन् ।

दशैँभन्दा पहिलेदेखि नै पलेँटीको तयारीमा जुटेकी ज्ञानु राणा निक्कै उत्साहित देखिन्छिन् । आउँदो पलेँटीबारे राणा भन्छिन्, ’मैले १४ वर्षको उमेरमा गीत गाउन थालेकी हुँ, बुवाले हात समातेर रेडियो नेपाल पुर्‍याएको हिजो जस्तो लाग्छ । युग पो बितिसक्यो ।’

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो यसपालीको पलेँटीदेखि कार्यक्रम स्थलमा आएर प्रत्यक्ष कार्यक्रम हेर्न अनुकूल नहुने सङ्गीत प्रेमीका निम्ति नयाँ व्यवस्था सुरु गरिएको छ ।

विभिन्न कारणले नेपालकै अन्य क्षेत्रमा वा देशभन्दा बाहिर रहेर कार्यक्रममा प्रत्यक्ष आउन सम्भव नहुनेका लागि पलेँटीको ‘पे पर भ्यू प्ल्याटफर्म’ सुरु गरिएको छ । जस अन्तर्गत सङ्गीतप्रेमीले अनलाइनबाटै निश्चित रकम तिरेर आफ्नो फोन, कम्युटर वा टेलिभिजनमा पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न पाउनेछन् ।





Read More