― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsबेलायतको ननिटनका मेयर सारू सिंहदरवारमा सम्मानित – KhabarHost

बेलायतको ननिटनका मेयर सारू सिंहदरवारमा सम्मानित – KhabarHost



११ कात्तिक, काठमाडौं । बेलायतको ननिटन बेडवर्थ बरोको मेयर भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरवारमा सम्मानित भएका छन् ।

नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन् ।

सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् ।

नेपालीका यो एउटा गौरवको विषय भएको उल्लेख गर्दै उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको बताइन् ।

उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की लगायतका अधिकारीहरू उपस्थिति थिए ।

पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । झन्डै तीन दशक ब्रिटिस सेनामा सेवा गरेका सारू हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत हुन् । उनी रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत भएका थिए ।

बेलायतमा सन् २०१७ देखि  ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइ रहेका सारु  सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More