― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsकाठमाडौंदेखि भारतसम्म गएर क्रिकेट सिकेका व्यक्तिबाट प्रहरीको हत्या

काठमाडौंदेखि भारतसम्म गएर क्रिकेट सिकेका व्यक्तिबाट प्रहरीको हत्या



११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपित क्रिकेट सिक्दै गरेका व्यक्ति रहेको खुलेको छ ।

काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेटको ट्रेनिङ लिएका व्यक्तिबाट गुरुङको हत्या भएको खुलेको हो । हत्या अरोपमा पक्राउ परेका मध्ये अनुपम भण्डारी क्रिकेट सिक्दै गरेको व्यक्ति रहेको पाइएको छ ।

कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए ।

आरोपित भण्डारी करिब तीन महिनाअघि भारतको बैंग्लोरमा गएर क्रिकेट सिकेका थिए । यो कुरा उनले बयानमा समेत खुलाएका छन् । दुई हप्ता भारतमा ट्रेनिङ लिएर फर्केका उनी जेनजी आन्दोलनमा भन्दा केही दिनअघि मात्रै काठमाडौं आएका थिए ।

काठमाडौंको शान्तिनगरमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भर्ना भएर उनी क्रिकेट सिक्दै थिए ।

२३ भदौको सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीहरूको हत्या गरिएको घटनाले रिस उठेको उनले बताएका छन् ।

२३ भदौको आन्दोलनमा आफ्नो साथीको साथीको मृत्यु भएको त्यसले झनै आक्रोशित बनाएको उनले बयानमा उल्लेख गरेका छन् ।

सोही क्रममा २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण भएको र रिसले आफूले पनि चक्कुले हानेको उनले बयानमा बताएका छन् । प्रहरीमाथि प्रहार गरेपछि भागेको केही व्यक्तिले प्रहरीलाई घिसार्दै लगेको भण्डारीको बयानमा उल्लेख छ ।

प्रहरी सार्वजनिक भिडिओको आधारमा भण्डारीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्दा उनको घरबाट प्रहरीले घटना भएका बेला लगाएको कपडा समेत बरामद गरेको छ । भण्डारीलगायतको आक्रमणबाट एक प्रहरीको मृत्यु हुनुका साथै अन्य प्रहरी पनि घाइते भएकाले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको छ ।

कास्की घर भई प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी सहायक गुरुङको विभत्स हत्या भएको थियो । जेनजी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वर नजिकै रहेको कोटेश्वर प्रभाग आन्दोलनकारीको निशानामा प‍र्‍यो । सुरुमा १५–२० जना आएर प्रहरी कार्यालय अगाडि नारा–जुलुस गर्न थाले । प्रदर्शनकारीको संख्या थपिँदै गयो । त्यसपछि तोडफोड र आगजनी सुरु भयो ।

चारैतिर आगो दन्किसकेकाले कोटेश्वर प्रभागका प्रहरीले भागेर ज्यान जोगाउनुको विकल्प देखेनन् । उनीहरू कार्यालय छाडेर भागे । लखेट्दै पछाडिबाट हानेको धारिलो हतियारले सहायक हवल्दार गुरुङलाई लाग्यो । भुईंमा ढलेपछि आन्दोलनकारीले कुटीकुटी उनको हत्या गरे ।

आन्दोलनकारीबाट मारिएका गुरुङले ९ महिनाअघि मात्रै आमा गुमाएका थिए । गुरुङका ७ महिनाका एक छोरा, श्रीमती र ६० वर्षका बाबु छन् । उनीहरू कास्कीमै बस्छन् । सबैको सहारा गुरुङ नै थिए । उनी पनि ढलेपछि परिवारको सहारा गुमेको छ ।

प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए । आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाए । हतियार लुटे । बर्दी डढाए ।

जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।





Read More