― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsमहिनावारीलाई सम्मानजनक बनाउन संवाद तथा कार्यशाला – KhabarHost

महिनावारीलाई सम्मानजनक बनाउन संवाद तथा कार्यशाला – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौंमा इको साथी नेपाल, अनटोल्ड पिरियड स्टोरिज र पिरियड का कुरा संस्थाहरूको आयोजनामा मेरो महिनावारी हरियो कार्यक्रम सम्पन्न भएको छ।

२३ माघ, काठमाडौं । महिनावारी स्वास्थ्य, यसको सम्मान र वातावरणमैत्री अभ्यासबारे खुला तथा लज्जामुक्त संवाद गर्ने सामुदायिक कार्यक्रम मेरो महिनावारी हरियो कार्यक्रम सम्पन्न भएको छ । इको साथी नेपाल, अनटोल्ड पिरियड स्टोरिज र पिरियड का कुरा नामक संस्थाहरूको आयोजनामा शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।

२०२५ जनवरीमा मेरो महिनावारी हरियोको पहिलो संस्करण आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १७० भन्दा बढी सहभागी थिए । जसमा इको-फ्रेन्डली पिरियड प्राक्टिसबारे महत्वपूर्ण छलफल भएको थियो ।

दोस्रो संस्करणले त्यसलाई थप विस्तार गर्दै नेपालमा दिगो महिनावारी स्वास्थ्य अभ्यासलाई बढावा दिने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागीहरूले महिनावारी स्वास्थ्यका अधिवक्ता तथा स्वास्थ्य विशेषज्ञहरूसँग खुला संवाद गरे । कविता वाचन, कला प्रदर्शन, कथा बाचन तथा स्ट्यान्डअप कमेडी जस्ता सेसनमार्फत सिर्जनात्मक तरिकाले आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गरिएको थियो ।

यसबीचमा आफैं रियुजेबल स्यानिटरी प्याड बनाउने ह्यान्ड्स-अन वर्कशप पनि सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्लास्टिकयुक्त डिस्पोजेबल प्याडको सट्टा कपडाबाट बनेका प्याड तथा महिनावारी कपको प्रयोग गर्ने कुरामा जोड दिइएको थियो ।

लाइभ पोडकास्ट रेकर्डिङमा महिनावारीसम्बन्धी व्यक्तिगत अनुभव तथा समाजमा यसलाई हेर्ने दृष्टिकोणबारे छलफल भयो । विशेष गरी ग्रामीण क्षेत्रमा महिनावारीका कारण स्कूल छोड्ने समस्या सम्बोधन गर्ने ‘मानवता प्रोजेक्ट’को कथा सेयर गरियो ।

यो परियोजनाले नुवाकोट, सिन्धुपाल्चोक र जुम्ला लगायतका स्थानका स्कूलहरूमा दिगो शौचालय निर्माण तथा शिक्षा प्रदान गर्दै आएको छ, जसले किशोरीहरूलाई महिनावारीका बेला पनि नियमित स्कूल जान सहयोग पुर्‍याएको छ।

नेपालमा अझै पनि महिनावारीलाई लुकाउने र लजाउने विषयका रूपमा लिइने भएकाले यस्ता सामुदायिक कार्यक्रमहरूले ठूलो महत्व राख्छन् । यसले प्लास्टिक फोहोर घटाउने, महिनावारी स्वास्थ्यमा पहुँच बढाउने र लैंगिक समानताको पक्षमा योगदान पुर्‍याउँछ ।

नेपालमा अझै पनि महिनावारीलाई लुकाउने र लजाउने विषयका रूपमा लिइने भएकाले यस्ता सामुदायिक कार्यक्रमहरूले ठूलो महत्व राख्ने आयोजकले बताएका छन् ।

कार्यक्रममा सहभागीहरूले महिनावारीलाई सामान्य तथा सकारात्मक विषय बनाउनुपर्नेमा जोड दिए । केही सहभागीहरूले व्यक्तिगत अनुभव सेयर गरे । महिनावारीलाई लज्जाको विषय नबनाई खुलेर कुरा गर्दा धेरै बोझ हल्का हुने अनुभव उनीहरूले सुनाए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More