― Advertisement ―

HomeLatest newsदेउवा दम्पती सिंगापुरतर्फ प्रस्थान – KhabarHost

देउवा दम्पती सिंगापुरतर्फ प्रस्थान – KhabarHost


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गर्दै देउवा। पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । विकास श्रेष्ठ/अनलाइनखबर



१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएका थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।

निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नेछन् ।

यसअघि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर पुगिरहेका हुन्थे ।





Read More