― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsइटलीका थोमस ड्राका लुम्बिनी लायन्समा अनुबन्ध – KhabarHost

इटलीका थोमस ड्राका लुम्बिनी लायन्समा अनुबन्ध – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इटलीका फास्ट बलर थोमस ड्राक लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् ।
  • थोमसले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् ।
  • लुम्बिनीले एनपीएलका लागि थोमसलाई दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।

१० कात्तिक, काठमाडौं । इटलीका फास्ट बलर थोमस ड्राक लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणका लागि लुम्बिनीले २७ वर्षीय इटालियन बलरलाई अनुबन्ध गरेको जनाएको छ ।

दायाँ हाते बलर थोमसले इटलीका लागि ७ टी२०आई खेल खेल्दै ८ विकेट लिएका छन् । उनले इटलीलाई पहिलो पटक टी२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

थोमस ड्राकाले ब्राम्पटन वल्भ्स र एमआई एमिरेट्सबाट फ्रेन्चाइज लिग खेलिसकेका छन् । यस्तै उनी गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा समेत सहभागि भएका थिए । आइपीएल अक्सनमा दर्ता हुने उनी पहिलो इटालियन खेलाडी समेत बनेका थिए ।

लुम्बिनीले एनपीएलका लागि घोषणा गरेको थोमस दोस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले अष्ट्रेलिया ब्याटर डार्शी सर्टलाई अनुबन्ध गरिसकेको छ ।





Read More