― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsभारतमा ३ दिदी-बहिनीले नवौं तलाबाट हामफालेर ज्यान गुमाए – KhabarHost

भारतमा ३ दिदी-बहिनीले नवौं तलाबाट हामफालेर ज्यान गुमाए – KhabarHost



२१ माघ, काठमाडौं । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको बालकोनीबाट हाम फालेका छन् र उनीहरुको घटनास्थलमै ज्यान गएको छ ।

टीला मोड थाना क्षेत्रअन्तर्गत भारत सिटी सोसाइटीको बी–१ टावरको फ्ल्याट नम्बर ९०७ मा बस्ने १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले नवौं तलाबाट हामफालेको र उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यो घटना मंगलबार राति करिब २ बजेतिरको हो । यो घटनापछि सोसाइटी र आसपासको क्षेत्र शोकमा छ ।

अनलाइन गेमको लत र पारिवारिक तनाव

प्रहरी अनुसन्धानका क्रममा तीनै जना बहिनीहरू मोबाइल गेममा अत्यधिक लतमा परेको तथ्य बाहिर आएको छ । परिवारका सदस्यका अनुसार उनीहरू अनलाइन टास्क–बेस्ड ‘कोरियन लभर गेम’ खेल्ने गर्दथे । कोरोना महामारीको समयदेखि उनीहरुले अत्यधिक मोबाइल प्रयोग गर्दथे । तीनै जना बहिनीहरू नुहाउने, खाना खाने, विद्यालय जाने, सुत्ने जस्ता दैनिक कामसमेत सँगै गर्ने गर्थे ।

अभिभावकहरू उनीहरूको यो बानीप्रति चिन्तित थिए । कहिलेकाहीँ सम्झाउने र गाली पनि गर्थे । मोबाइल गेमको लत र पारिवारिक दबाबको तनावले उनीहरूलाई घरबाट हामफाल्ने स्थितिमा पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सुसाइड नोट भेटियो

घटनास्थलबाट प्रहरीले एक सुसाइड नोटसमेत फेला पारेको छ । त्यसले पनि उनीहरुमा मोबाइल गेमको लत रहेको पुष्टि हुन्छ ।

भारतीय सञ्चार माध्यम द भास्करका अनुसार सुसाइड नोटमा लेखिएको छ– ‘मम्मी–पापा, सरी । जुन गेम तपाईंहरू हामीलाई छोडाउन चाहनु हुन्थ्यो, अब तपाईंहरूलाई थाहा हुनेछ, हामीले त्यो गेमलाई कति माया गर्थ्यौं ।’

यो नोटले तीनै जना बहिनीको मानसिक अवस्था र उनीहरू भित्रको द्वन्द्व झल्काउने प्रहरीको भनाइ छ ।

यद्यपि, प्रहरीले यसलाई मात्र आधार मानेर निष्कर्ष निकाल्न नमिल्ने भन्दै सबै पक्षबाट गहिरो अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो । तीनै जना बहिनीका शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरू गहिरो शोकमा छन् भने सोसाइटीका बासिन्दा पनि यो घटनाले मानसिक रूपमा प्रभावित भएका छन् ।

यो घटनाले नाबालिगमा बढ्दो मोबाइल र अनलाइन गेमको लत, अभिभावक–सन्तानबीचको संवाद र बालबालिकाको मानसिक स्वास्थ्यजस्ता गम्भीर प्रश्नहरू उठाएको छ । प्रविधि, निगरानी र संवेदनशील अभिभावकत्वबीच सन्तुलन कति आवश्यक छ भन्ने बहसलाई यो घटनाले फेरि एकपटक सतहमा ल्याइदिएको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More