― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsबच्चालाई मोबाइल दिनुअघि अभिभावकले निर्धारण गर्नुपर्ने यी ५ नियम

बच्चालाई मोबाइल दिनुअघि अभिभावकले निर्धारण गर्नुपर्ने यी ५ नियम


राष्ट्रिय

समाचार.

  • बच्चालाई मोबाइल दिनु सामान्य भए पनि सही समयमा, तरिकाले र नियम बनाएर दिनु आवश्यक छ भने अभिभावकहरूले व्यावहारिक नियमहरू पालना गर्नुपर्छ।

आजको युगमा बच्चालाई मोबाइल फोन दिनु निकै सामान्य भइसकेको छ । धेरै अभिभावकहरूले गुनासो गर्छन्, ‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ, खान, खेल्न, पढ्न पनि बिर्सिन्छ ।’

यो समस्या धेरै घरमा देखिन्छ । तर मोबाइल दिनु पूर्णरूपमा गलत पनि होइन । अनलाइन कक्षा, ट्यूशनको सम्पर्क, आपत्कालीन अवस्थामा वा सुरक्षित रूपमा जानकारी आदान–प्रदान गर्न मोबाइल आवश्यक पनि पर्छ ।

मुख्य कुरा भनेको सही समयमा, सही तरिकाले र स्पष्ट नियमहरू बनाएर मोबाइल दिनु हो । यसले बच्चाको विकासमा सकारात्मक प्रभाव पार्छ भने नियमबिना दिएको मोबाइलले स्वास्थ्य, पढाइ, व्यवहार र सुरक्षा जोखिममा पार्न सक्छ । त्यसैले अभिभावकहरूले बच्चालाई मोबाइल दिनुअघि वा दिइसकेपछि व्यावहारिक र आवश्यक नियमहरू पालना गर्नुपर्छ ।

१. विश्वास र खुला संवादको आधार बनाउने

बच्चालाई मोबाइल दिँदा पहिले नै भन्नुपर्छ ‘हामी तिमीलाई पूर्ण विश्वास गर्छौं । तिमी समझदार भइसक्यौ, यसको सही प्रयोग गर्छौ भन्ने हामीलाई थाहा छ । तर यदि कुनै समस्या भयो भने लुकाउनु हुँदैन, हामीसँग सेयर गर्न सक्छौ ।’

पासवर्ड गोप्य राख्नु हुँदैन भन्नुपर्छ र आपत्कालीन अवस्थामा अभिभावकले फोन जाँच्न गर्नुपर्छ । बच्चालाई त्रासमा राख्नु हुँदैन, बरू सहयोगी बन्ने वातावरण बनाउनुपर्छ । यसले बच्चा लुकाउने होइन, खुल्ने बनाउँछ ।

२. स्पष्ट समय र स्क्रिन टाइम नियमहरू निर्धारण गर्ने

मोबाइलको प्रयोग समयबद्ध बनाउनु अत्यन्त जरुरी छ । उमेरअनुसार विश्व स्वास्थ्य संगठन र अन्य विशेषज्ञहरूले सिफारिस गरेका छन् । २–५ वर्षका बच्चाहरुलाई दिनमा अधिकतम १ घण्टा उच्च गुणस्तरको शैक्षिक सामग्री मात्र, अभिभावकसँगै हेर्ने ।

६ वर्षभन्दा माथिका बालबालिकाले दिनमा १–२ घण्टा प्रयोग गर्न दिने । पढाइ, खेलकुद र निद्रालाई असर नपार्ने गरी । सुत्ने समयभन्दा कम्तीमा १ घण्टा अगाडि सबै स्क्रिन बन्द गरिदिनुपर्छ । नीलो प्रकाशले निद्रा प्रभावित गर्छ ।

खाना खाँदा, परिवारसँग समय बिताउँदा, पढाइ÷होमवर्क गर्दा र सुत्ने कोठामा मोबाइल पूर्णरूपमा निषेध गर्नुपर्छ । यी नियमहरू लिखित रूपमा बनाएर घरमा टाँस्न सकिन्छ। नियम तोड्दा बहस नगरी फोन केही समयका लागि लिइदिनुपर्छ ।

३. नचिनेका व्यक्तिसँग कुराकानी नगर्ने कडा नियम

इन्टरनेटमा बच्चामाथि दुरुपयोग, छेडखानी, फेक प्रोफाइल र अनलाइन शोषणको जोखिम उच्च छ । नेपालमा पनि यस्ता घटना बढ्दै छन् । यस्तोमा स्कूल, ट्यूशन वा चिनेका साथीहरूको मात्र नम्बर र च्याटमा सम्पर्क राख्नुपर्छ भनेर सिकाउनुपर्छ।

नचिनेको नम्बर, अनजान प्रोफाइल वा ग्रुपमा जवाफ दिन हुँदैन भन्ने कुरा पनि सिकाउनुपर्छ । कुनै सामग्रीले अप्ठ्यारो वा असजिलो लागे तुरुन्तै अभिभावकलाई देखाउनुपर्छ भन्ने जानकारी पनि दिनुपर्छ ।

४. सोसल मिडिया प्रोफाइल प्राइभेट र सुरक्षित राख्ने

बच्चाले सोसल मिडिया प्रयोग गर्छन् भने अकाउन्ट प्राइभेट राख्नुपर्छ । व्यक्तिगत जानकारी स्कूल, ठेगाना, दैनिकी, फोटो लोकेशन सार्वजनिक गर्नुहुँदैन । अभिभावकले पनि बच्चाको सोसल मिडिया फलो गरेर निगरानी राख्न सक्छन् तर पूर्ण नियन्त्रण होइन, विश्वासमा आधारित ।

५. नियम तोडिएमा परिणाम र सहयोगको स्पष्ट नीति

राम्रो र नराम्रो प्रयोगको बारेमा खुलस्त कुराकानी गर्नुपर्छ । नियम तोड्दा फोन केही दिन÷हप्ताका लागि फिर्ता लिइदिनुपर्छ । यदि बच्चा कुनै ट्र्यापमा परे भने डराउनु हुँदैन, अभिभावकसँग सहयोग माग्न सक्छ भन्ने विश्वास दिलाउनुपर्छ । अभिभावकले पनि मोबाइलको सही प्रयोग गरेर देखाउनुपर्छ ।

यी नियमहरू बच्चाको उमेर, परिपक्वता र परिवारको आवश्यकताअनुसार परिवर्तन गर्न सकिन्छ । मुख्य कुरा नियमहरू लगातार पालना गर्ने र खुला संवाद कायम राख्ने हो । यसले बच्चालाई जिम्मेवार डिजिटल नागरिक बनाउँछ र अभिभावकलाई चिन्तामुक्त बनाउँछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More