― Advertisement ―

Hostinger ले साना व्यवसाय मालिकहरूलाई सात AI विशेषज्ञहरूमा तत्काल पहुँच दिन्छ, प्रत्येक महिना धेरै महँगो सल्लाहकारहरू भर्ती नगरी हजारौं बचत गर्दछ।

साना व्यवसायहरूमा होस्टिङ व्यवसायहरू प्रदान गर्दछ। कार्यहरूप्रत्येक एआई एजेन्टले एक अनुशासनमा विशेषज्ञता दिन्छ, केन्द्रित विशेषज्ञता प्रदान गर्दछएटलस अनबोर्डिङ एजेन्टले समस्याहरू पहिचान गर्दछ र मिनेटमा...
HomeLatest newsटी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै



२० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।

यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो ।

श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो ।

नेपालले यसपछि अर्को वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्नेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More