― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsनीति निर्माणबारे सुझाव संकलन गर्दै कांग्रेस महामन्त्री पौडेल

नीति निर्माणबारे सुझाव संकलन गर्दै कांग्रेस महामन्त्री पौडेल



१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति निर्माण सम्बन्धी सुझाव संकलन थालेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव आह्वान गरेका हुन् ।

‘आगामी पाँच वर्षका लागि काठमाडौं–५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् । महामन्त्री पौडेलले सबै नागरिकले सुझाव दिनसक्ने भन्दै अनलाइन तथा भौतिक माध्यमबाट सुझाव दिनसकिने जनाएका छन् ।

‘यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ,’ उनले भने, ‘यसपटक आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।’

नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् । विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरुको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More