― Advertisement ―

‘एउटा एकल साइबर घटनाले शारीरिक अवरोध निम्त्याउन सक्छ, सुरक्षा खतराहरू सिर्जना गर्न सक्छ, वा विनाशकारी डाउनटाइम निम्त्याउन सक्छ’: ह्याकरहरूले समुदायहरूलाई बाधा पुर्‍याउन पछिल्लो धक्कामा...

साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले डेटा केन्द्रहरू भित्रको शक्ति र शीतलन प्रणालीहरूमा कमजोरीहरू फेला पारे जसले आक्रमणकारीहरूलाई भौतिक संरचनामा बाधा पुर्‍याउन सक्छ। पढ्नुहोस् थप
HomeLatest newsभलिबल खेलाडी धिरोजकाजी अभिनित ‘तिमी छौ र’ को म्युजिक भिडियो सार्वजनिक

भलिबल खेलाडी धिरोजकाजी अभिनित ‘तिमी छौ र’ को म्युजिक भिडियो सार्वजनिक


राष्ट्रिय

समाचार.

  • नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो म छु..’ सार्वजनिक भएको छ।
  • धिरोजले राष्ट्रिय टिममा निरन्तर खेल्दै आएका छन् र केही समयअघि नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा बुढानिलकण्ठ टिमको कप्तानी गरेका थिए।
  • गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर छ भने युगल पोमो लिम्बुले लेखेका र निर्देशन गरेका हुन्, राज सेन्चुरीले संगीत भरेका छन्।

१६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘तिमी छौ र पो म छु..’ बोलको गीतको म्युजिक भिडियोमा भलिबल खेलाडी धिरोजकाजी र रश्मी पोमो लिम्बुको अभिनय छ ।

धिरोजले नेपालका लागि उमेर समूह देखि सिनियर टिममा खेल्दै आएका छन् । उनले काभा यू-२३ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका थिए । यस्तै पछिल्लो समय उनी राष्ट्रिय टिममा निरन्तर छन् ।

केही समयअघि भएको नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा उनले बुढानिलकण्ठ भलिबल टिमको कप्तानी गरेका थिए । धिरोजले विभागीय टोली एपीएफ क्लबबाट पनि घरेलु भलिबल खेलिसकेका छन् ।

धिरोजले पछिल्लो समयम भलिबल खेल र मोडलिङलाई एकसाथ अघि बढाइरहेका छन् ।

‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ का विजेता समेत रहेका धिरोजले गत वर्ष पोल्याण्डमा भएको मिस्टर सप्रा नेसनलमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

‘तिमी छौ र पो म छु’ गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर रहेको छ भने गीतलाई युगल पोमो लिम्बुले लेखेका हुन् । युगलले नै म्युजिक भिडियोको निर्देशन समेत गरेका छन् ।

यस्तै राज सेन्चुरीले गीतमा संगीत भरेका छन् भने मोहन कुमार झिल्लुले भिडियो खिचेका हुन् ।



(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More