― Advertisement ―

‘एउटा एकल साइबर घटनाले शारीरिक अवरोध निम्त्याउन सक्छ, सुरक्षा खतराहरू सिर्जना गर्न सक्छ, वा विनाशकारी डाउनटाइम निम्त्याउन सक्छ’: ह्याकरहरूले समुदायहरूलाई बाधा पुर्‍याउन पछिल्लो धक्कामा...

साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले डेटा केन्द्रहरू भित्रको शक्ति र शीतलन प्रणालीहरूमा कमजोरीहरू फेला पारे जसले आक्रमणकारीहरूलाई भौतिक संरचनामा बाधा पुर्‍याउन सक्छ। पढ्नुहोस् थप
HomeLatest newsअर्घाखाँचीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु – KhabarHost

अर्घाखाँचीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु – KhabarHost


राष्ट्रिय

समाचार.

  • अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा टिपरको ठक्करबाट ३२ वर्षीय उमेश खत्रीको मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नायव उपरीक्षक दिवश जिसीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

१६ माघ, अर्घाखाँची । सालझण्डी, सन्धिखर्क– ढोरपाटन सडकखण्डमा पर्ने अर्घाखाँचीको सन्धिखर्क– ९ टारीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी– ५ का ३२ वर्षीय उमेश खत्री छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवश जिसीका अनुसार हंसपुरबाट टारीतर्फ आउँदै गर्दा लु. १क ५१३३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

पैदल यात्रा गरिरहेका खत्रीलाई शुक्रबार साँझ टिपरले ठक्कर दिएको होे । घटनापछि टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको डीएसपी जिसीले जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More