― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsविद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ



१५ माघ, सिन्धुपाल्चोक (चौतारा) । विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी छन् । उनलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले बताए ।

स्कूल नजिकै गिरीको आफ्नै स्टेशनरी पसल छ । उक्त स्टेशनरीमा गएका बेला १२ वर्षीया छात्रालाई गिरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित छात्रा कक्षा ७ मा अध्ययनरत छिन् ।

पीडित बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे आफन्तलाई भनेपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।

अहिले पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिइसकेकाले म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

यता आरोपित गिरीले भने ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गर्दै आएका थिए । गिरीले आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार दबाब समेत सिर्जना गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावक विद्यालय पुगेर छलफल समेत गरेका थिए । तर आरोपित गिरीले अस्वीकार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More