― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsकति उपयोगी, कति भ्रम ? – KhabarHost

कति उपयोगी, कति भ्रम ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • विश्वका करिब ५ देखि ५० प्रतिशत मानिस अनिद्राबाट पीडित छन् र ‘मिलिट्री स्लीप मेथड’ले दुई मिनेटमै निदाउन सकिने दाबी सामाजिक सञ्जालमा छ।

राति ओछ्यानमा पल्टिएपछि घण्टौँसम्म निद्रा नलागेर छटपटी हुनु आजको भागदौडपूर्ण जीवनको साझा समस्या बनेको छ । अध्ययनहरूका अनुसार विश्वका करिब ५ देखि ५० प्रतिशत मानिस कुनै न कुनै रूपमा अनिद्राबाट पीडित छन् ।

यस्तो समस्या ‘मिलिट्री स्लीप मेथड’बाट समाधान गर्न सकिने दाबीहरू सामाजिक सञ्जालमा भेटिन्छ । उक्त दाबी अनुसार त्यस्तो विधि अपनाएमा जो कोही पनि मात्र दुई मिनेटभित्र गहिरो निद्रामा पर्न सक्छन् । तर, विज्ञहरू भने यो दाबीलाई खतरनाक मान्छन् ।

के हो त ‘मिलिट्री स्लीप मेथड’ ?

यो विधिको चर्चा सन् १९८१ मा अमेरिकी ट्र्याक एन्ड फिल्ड प्रशिक्षक लोयड ‘बड’ विन्टरले आफ्नो पुस्तक रिल्याक्स एन्ड विनमा गरेका थिए । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकी नौसेनाका पाइलटहरूलाई तनावपूर्ण परिस्थितिमा पनि तुरुन्तै निदाउन र पुनः स्फूर्त भएर काममा फर्कन सिकाउन यो प्रविधि विकसित गरिएको थियो ।

विन्टरका अनुसार ६ हप्तासम्म लगातार अभ्यास गरेपछि पाइलटहरू जस्तोसुकै कोलाहल वा तनावमा पनि दुई मिनेटमै निदाउन सक्षम भएका थिए ।

त्यसका लागि यस्ता सुझावहरू दिइएका थिए ‍

१. पालैपालो टाउको, अनुहारका मांसपेशीहरूलाई खुकुलो बनाउँदै जाने । सँगसँगै बिस्तारै र गहिरो सास फेर्ने ।

२. दुवै हातलाई ओछ्यानमा छाड्ने ।

३. खुट्टालाई आराम गर्न दिने । त्यहाँको तनाव घटाउने ।

४. दिमागमा १० सेकेन्डसम्म कुनै पनि विचार आउन नदिने ।

५. मनमा कुनै पनि कुरा नलेखाउने ।

विज्ञको चेतावनी : दुई मिनेटमा निदाउनु असम्भव र जोखिमपूर्ण

सामाजिक सञ्जालमा लाखौं भ्यूज पाउने यो विधिप्रति निद्रा विशेषज्ञहरू भने सन्तुष्ट छैनन् । मिलिट्री न्यूरोबायोलोजिस्ट डा. एलिसन ब्रेगरले दुई मिनेटमै निदाउने अपेक्षा राख्नु खतरनाक हुने बताउँछन् ।

उनका अनुसार एक सामान्य स्वस्थ मानिसलाई निदाउन औसत ५ देखि २० मिनेटसम्म लाग्छ । यदि कोही दुई मिनेटमै निदाउँछ भने ऊ चरम थकानमा भएको वा उसलाई कुनै गम्भीर स्वास्थ्य समस्या हुने उनको भनाइ छ । उनी छिटो निदाउने दबाबले उल्टै तनाव बढ्ने र यसले निद्रालाई झन् टाढा भगाउने बताउँछन् ।

युनिभर्सिटी कलेज लन्डनका डा. ह्युग सेल्सिकका अनुसार ८ घण्टा सुत्नैपर्छ भन्ने धारणा पनि एक भ्रम हो । जसरी सबैलाई एउटै साइजको जुत्ता हुँदैन, त्यसै गरी सबैलाई ८ घण्टाको निद्रा पनि आवश्यक नहुने उनको भनाइ छ ।

छिटो निदाउन विज्ञ के भन्छन् ?

यदि अनिद्राको समस्याबाट मुक्त हुन चाहने हो भने सैनिकहरूको कडा विधिभन्दा अन्य धेरै व्यावहारिक सुझावहरू पनि छन् । जुन स्वास्थ्य विज्ञानमा आधारित हुन्छन् ।

१. राति जति बजे सुते पनि बिहान उठ्ने समय एउटै बनाउने । यसले शरीरको जैविक घडी सेट गर्छ ।

२. दिउँसोको छोटो निद्राले रातिको गहिरो निद्रालाई असर गर्छ । दिउँसो सकेसम्म नसुत्ने ।

३. जबसम्म निद्राले आँखा लाग्दैन, तबसम्म ओछ्यानमा नजाने । ओछ्यानमा पल्टिएर फोन चलाउनुको सट्टा किताब पढ्नु वा शान्त संगीत सुन्ने ।

अत: ‘मिलिट्री स्लीप मेथड’मा प्रयोग गरिने मांसपेशीलाई खुकुलो बनाउने र सास फेर्ने तरिका लाभदायक त छन्, तर यसले दुई मिनेटमै निद्रा लाग्छ भन्ने कुरामा विश्वास गर्नु गलत हुन सक्छ ।

सैनिकहरूले अनुशासन र एउटा निश्चित ‘स्लीप रुटिन’ पछ्याउनु नै राम्रो निद्राको रहस्य हो ।

बीबीसीबाट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More