― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest news१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने

१२औं एक्सेल्सियर कप बुधबारदेखि, ८२ टिम सहभागी हुने


राष्ट्रिय

समाचार.

  • द एक्सेल्सियर स्कुलको आयोजनामा १३ माघदेखि १२औं एक्सेल्सियर कपमा ८२ टिमले बास्केटबल र फुटसलमा भाग लिने भएका छन्।
  • बास्केटबलको तीन विधामा २६ र फुटसलको चार विधामा ५६ टिम सहभागी हुनेछन् भने यू–१२ विधा पहिलोपटक थपिएको छ।
  • प्रतियोगिता सञ्चालनमा करिब १२ लाख रुपैयाँ खर्च हुनेछ र खेलहरु स्वयम्भुस्थित आयोजककै हातामा हुनेछन्।

१३ माघ, काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् ।

बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइज/गर्ल्समा समान १०–१० तथा यू–१२ गर्ल्समा ६ टिम सहभागी हुने छन् । सिनियर ब्वाइज/गर्ल्समा कक्षा १० तथा यू–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने छन् ।

गत संस्करण सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम च्याम्पियन बनेका थिए ।

छात्रा खेलाडीको सहभागितालाई व्यापक बनाउदै उनीहरुलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यू–१२ विधा पहिलोपटक थपिएको प्रिन्सिपल रजकले बताए ।

‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । यू–९ मा ८, यू–११ मा १७, यू–१३ मा १८ र यू–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१३ मा एक्सेल्सियर र यू–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता संयोजक समेत रहेका एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासँगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेलहरु स्वयम्भुस्थित आयोजककै हातामा हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More