― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsप्याब्सन यू-१५ क्रिकेट लिग माघ अन्तिम सातादेखि – KhabarHost

प्याब्सन यू-१५ क्रिकेट लिग माघ अन्तिम सातादेखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • यू–१५ प्याब्सन क्रिकेट लिग माघ २८ गतेदेखि काठमाडौंमा ८ छात्र टिमको सहभागितामा सुरु हुने भएको छ।
  • प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन्।
  • प्रतियोगिता टी–२० फर्म्याटमा तल्लो मूलपानी क्रिकेट मैदानमा फागुन ६ गतेसम्म चल्नेछ।

१३ माघ, काठमाडौं । प्याब्सन काठमाडौंको आयोजनामा यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी दिए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने बताउँदै विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए ।

आयोजक प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग संयोजक धनबहादुर पुनले प्रतियोगिताबाट उदीयमान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुनेछ । टी–२० फर्म्याटमा हुने प्रतियोगिताका खेलहरू तल्लो मूलपानी क्रिकेट मैदानमा फागुन ६ गतेसम्म चल्ने छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More