― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsचन्द्र भण्डारी – KhabarHost

चन्द्र भण्डारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गगन थापा सभापति भएपछि देशभर कांग्रेसको पक्षमा लहर आएको दाबी गर्नुभयो।
  • भण्डारीले २१ फागुनको निर्वाचनका लागि कांग्रेसले ११० जना नयाँ उम्मेदवार उठाएको र आर्थिक अपचलनमा संलग्नलाई उम्मेदवार नबनाएको बताउनुभयो।
  • उहाँले गगन थापा प्रधानमन्त्री भए सुशासन, पारदर्शिता आउने र बिचौलियातन्त्र अन्त्य हुने दाबी गर्नुभयो।

१३ माघ, बुटवल । नेपाली कांग्रेसका नेता एवं गुल्मी २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि देशभर कांग्रेसको पक्षमा लहर आएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस गुल्मी रुपन्देही सम्पर्क समाजले बुटवलमा गरेको अन्तरक्रियामा भण्डारीले कांग्रेस इतिहास बोकेको भरोसायोग्य पार्टी भएको तथा युवा नेता गगन थापा सभापति चयन भएकाले अब पनि कांग्रेस नै पहिलो पार्टी बन्ने दावी गरे ।

२१ फागुनको निर्वाचनका लागि कांग्रेसले ११० जना नयाँ उम्मेदवार उठाएको तथा आर्थिक अपचलनको आरोप खेपेका कसैलाई पनि उम्मेदवार नबनाएकाले जनताले कांग्रेसलाई जिताउने उनको तर्क छ ।

विगतमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न विशेष महाधिवेशनले गगनलाई  सभापति बनाएको बताएका भण्डारीले कांग्रेस विभाजनबाट जोगिएर एक ढिक्का बनेको बताए ।

‘विशेष महाधिवेशनपछि मधेशसहित देशभर कांग्रेसको पक्षमा लहर आएको छ, ६ महिनाअघि कांग्रेसको महाधिवेशन भएको भए बालेन्द्र शाह पनि कांग्रेसमा आउँथे,’ भण्डारीले भने, ‘अब कांग्रेसका नेता कार्यकर्ताले युवा र महिलालाई चुनावी अभियान र सामाजिक सञ्जालमा सक्रिय बनाई सामाजिक सञ्जालमा आउने भ्रम चिर्ने हो भने कांग्रेसको वहुमतलाई कसैले रोक्न सक्दैन ।’

राजनीतिमा समर्पण, योगदान, जेल नेलको महत्व नभएको गलत भाष्य बनाइएको भन्दै उनले कांग्रेसका युवा कार्यकर्ताले यसलाई चिर्न आवश्यक रहेको बताए । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा सुरुमा आफूले उठाएको भन्दै उनले गगन प्रधानमन्त्री भए सुशासन, पारदर्शिता आउने तथा बिचौलियातन्त्र अन्त्य हुने दावी गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More