― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsटी–२० विश्वकप २०२६ का लागि वेस्ट इन्डिजको बलियो टोली घोषणा

टी–२० विश्वकप २०२६ का लागि वेस्ट इन्डिजको बलियो टोली घोषणा


राष्ट्रिय

समाचार.

  • वेस्ट इन्डिजले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय बलियो टोली घोषणा गरेको छ।
  • टोलीको नेतृत्व शाई होपले गर्नेछन् र उनी अफगानिस्तानविरुद्धको पछिल्लो टी–२०आई शृंखलामा नखेलेका थिए।
  • वेस्ट इन्डिज समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, इटली र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

१२ माघ, काठमाडौं । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय बलियो टोली घोषणा गरेको छ ।

आक्रामक ब्याटिङ लाइनअप रहेको वेस्ट इन्डिजको टोलीमा स्टार अलराउन्डरहरू समावेश छन् । टोलीको नेतृत्व शाई होपले गर्नेछन् ।

अफगानिस्तानविरुद्धको पछिल्लो टी–२०आई शृंखलामा नखेलेका होप विश्वकप टोलीमार्फत पुनरागमन गरेका छन् ।

टी-२० विश्वकपमा वेस्ट इन्डिज नेपाल रहेकै समूह ‘सी’ मा रहेको छ । यो समूहमा इंग्ल्यान्ड, इटली र स्कटल्यान्ड पनि छन् ।

यसअघि नेपालले गत अक्टोबरमा वेस्ट इन्डिजसँग भएको टी–२०आई शृंखला जितेको थियो । तर उक्त शृंखलामा हाल घोषणा गरिएका वेस्ट इन्डिजका अधिकांश मुख्य खेलाडीहरू सहभागी थिएनन् ।

वेस्ट इन्डिजको टोली

शाई होप (कप्तान), शिम्रोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेज, म्याथ्यु फोर्डे, जेसन होल्डर, अकिल होसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोटी, रोभमन पावेल, शेर्फन रदरफोर्ड, क्वेन्टिन साम्पसन, जेडन सिल्स, रोमारियो शेफर्ड





Read More